
Pbu
sbs
Rgp1
Sgr
Srbpu
Pes
Ggp
pku
cjs
Unsku
Djs
Rgp
Gfs
Lnp
दाङ । सिसहनियाँ क्षेत्रमा सञ्चालित अटोलाई व्यवस्थापन गरिने भएको छ । राप्ती गाउँपालिकाले बुधवार सिसहनियाँमा आयोजना गरेको छलफल कार्यक्रमले अटो व्यवस्थापन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको छलफलले अव्यवस्थित रुपमा सिसहनियाँ बजारमा पार्किङ हुँदै आएका अटोलाई अवको केहि दिनमा कृषि उपज केन्द्र अगाडी पार्किङ गर्ने निर्णय गर्नुका साथै अटोका लागि […]
अर्घाखाँची । भीरबाट लडेर अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग साम्नेगाउँका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । बुधबार दिउँसो ४ बजेतिर धारापानी स्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको […]
दाङ । दाङ प्रहरीले लागु औषध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ७ पर्सा निवासी २६ वर्षका किशोर श्रेष्ठलाई पक्राउ गरिएको हो । उनलाई दाङ जिल्ला अदालत घोराहीबाट २०७५ साल भदौ २ गते लागु औषध मुद्धामा ८ महिना १८ दिन कैद सजाय र २५ हजार जरिवाना तोकि हालसम्म फरार […]
दाङ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद के.सी.(साेनाम) ले केही दिन अघि परेको अविरल वर्षतका कारण आएकाे बाढीले राप्ती गाउँपालिका क्षेत्रमा पुर्याएको क्षति र लामाे समयदेखि अलपत्र रहेको वडा नं.-८ काे बिजाैरी देखि वडा नं.४ काे नयाँ गाउँ जाेड्ने दाेलई खाेला पक्कि पुल निर्माण याेजनाकाे कामकाे बुधबार स्थलगत अवलोकन गर्नु भएको छ।अवलोकनपश्चात मन्त्री केसीले […]
दाङ । गढवा गाउँपालिकाले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । बुधवार गढवा गाउँपालिका र कुमारी बिकाश बैंक गढवाका अध्यक्ष बैंक कर्मचारी पैसा बोकेर गढवा गाउँपालिका वडा नम्बर – २ मा पुग्दा सेवाग्राहीहरु खुसीले गदगद भए। यस अघि जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरु, बृद्ध बृद्धा, सबैलाई घण्टौ समय लगाएर गढवा बजारमा […]
दाङ । उच्च अदालत तुलसीपुरले लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई हाजिर गर्न दिनु भनेर लमही नगरपालिकाको नाममा अन्तरिम आदेश जारि गरेको छ। अदालतले असोज २८ गते अन्तरिम आदेश जारि गरेको थियो भने आज पुनः उक्त आदेशलाई निरन्तरता दिएको छ । यहि असोज २४ गते लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षतामा बसेको बैठकले […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ । उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको हो । रामेछापको इन्छिनगाउँ खानेपानी […]
गुल्मी । गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिविर गरिएको छ । जिल्लामा रहेका विभिन्न सवारी चालकहरुको नि:शुल्क रुपमा आँखाको जाँच गरिएको हो । जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा नि:शुल्क रुपमा आँखा जाँच शिविर सुरु गरिएको हो […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा गाउँपालिका र विभिन्न संघ संस्थाको समन्वयमा हालसम्म ५ सय ८६ घरपरिवारलाई राहत वितरण गरिएको छ । अबिरल वर्षातको कारण राजपुर गाउँपालिका क्षेत्र भित्र बाढीबाट डुबान तथा कटानले खान,बस्न समस्या भएका अति प्रभावित घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,सिपी नेपालको संयुक्त सहकार्यमा गाउँपालिकाको एकद्वार प्रणाली निति अनुरुप राहत […]