
Amb
ksbus
Sdc
रुपन्देही । बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरण नगर्न आग्रह गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले मंगलबार सूचना जारी गर्दै विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालय परिसरमा यस्ता पदार्थको बिक्री–वितरण रोक्न सबै विद्यालयलाई अनुरोध गरेका हुन् । […]
दाङ । राजपुर गाउँपालिका वडा नम्बर१,गुरुङ खोला स्थित ज्योति आधारभूत विद्यालयमा अनाथ तथा जोखिममा रहेका बालबालिकालाई लक्षित गरी सुपानेट (झुल) र समर ब्ल्याङ्केट वितरण कार्यक्रम सम्पन्न भएको छ ।सि.पि. नेपालको आर्थिक सहयोग तथा राजपुर गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा लक्षित बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो । कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना आभियानकै […]
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका,२०७३ खारेज गरेको छ । मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाद्वारा मंगलबार जारी सूचना अनुसार हिजो सोमबार मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो । सरकारबाट स्वीकृत शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा […]
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) घाेराही नगर कमिटीले आयोजना गरेको चित्रकला र हिज्जे प्रतियोगितामा क्रमश:स्टार इङ्लिश बाेर्डिङ सेकेन्डरी स्कुल र दीपशिखा सेकेन्डरी स्कुल प्रथम भएका छन् । गुरुकुल एकेडेमीमा भएकाे कक्षा एकदेखि तीनसम्मकाे चित्रकलामा स्टार इङ्लिश बाेर्डिङ सेकेन्डरी स्कुलका अम्बिका बहकरी प्रथम भएकी हुन् । उक्त प्रतियोगितामा साेही विद्यालयका प्रज्वल राेका […]
दाङ । गुणस्तरीय शिक्षाको आधार सक्षम शिक्षक भन्ने मान्यतालाई आत्मसात् गर्दै गुरुकुल एकेडेमीले आफ्ना शिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिएको छ। यसैक्रममा गुरुकुल एकेडेमी लमही र घोराही शाखामा छुट्टाछुट्टै शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । गुरुकुल एकेडेमी लमहीले शिक्षकहरूको क्षमता अभिवृद्धि, प्रभावकारी कक्षाकोठा व्यवस्थापन तथा निरन्तर विद्यार्थी मूल्याङ्कन विषयक एकदिने प्रशिक्षण […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ गुरुङखोला स्थित ज्योति आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई लक्षित गरी ट्राफिक सचेतना तथा लागू पदार्थ दुर्ब्यसन नियन्त्रण तथा बालविवाह न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार आज सम्पन्न भएको छ । कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीका इन्चार्ज सई मधु थापाले ट्राफिक नियमहरुको पालना,सुरक्षित रुपमा सडक प्रयोग गर्ने तरिका तथा दुर्घटना […]
झापा । यहाँको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिकाको शव फेला परेको छ । सर्लाही लालबन्दी–२ की २९ वर्षीया कविताकुमारी ढुङ्गाना मृतावस्थामा भेटिएको प्रहरीले जनाएको हो । उनी आफ्ना श्रीमान् ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । गुप्ता पर्साको वीरगञ्ज–१६ निवासी […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा श्री माध्यमिक विद्यालय चैनपुर, गढवा–५, चैनपुर, देउखुरी, दाङमा अध्ययनरत शिशु कक्षादेखि कक्षा १२ सम्मका ४५३ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक, टाइ तथा बेल्ट वितरण गरिएको छ । विद्यार्थीलाई समान अवसर प्रदान गर्दै गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम शुक्रबार एक विशेष […]
काठमाडौँ । नेपाल सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको मंगलबार फेसबुकमार्फत जानकारी गराएका हुन् । त्यस्तै,शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन गर्दा आमनागरिकले […]