
Tgp
Rks
Ksb
Ssb
Ppu
Nsb
Ssb
Usb
Csb
Bsn
jsb
Rsb
Ksb
Gsb
Fmb
Ksb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
Nps
ptl
अर्घाखाँची । भीरबाट लडेर अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ।
भूमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग साम्नेगाउँका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।
बुधबार दिउँसो ४ बजेतिर धारापानी स्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भीरबाट लडेर गमालको मृत्यु भएको हो। गमाल बाटोदेखि झन्डै ८० मिटर तल खसेको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।
त्यस्तै घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धान अनुसार बुधबार दिउँसो करिव ४ बजेको समयमा उनी र उनका दाजु हिम बहादुर गमालले भत्ता बुझेपछि हिंड्दै घर फर्किएका थिए । बुधबार साझ गमाल भीरबाट लडेपछि बिरबहादुरका दाजु हिमबहादुरले स्थानीय सङ्ग गुहार मागेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
