
Pes
Sgr
Djs
sbs
pku
Rgp1
Gfs
Srbpu
Lnp
cjs
Ggp
Rgp
Unsku
Pbu

Asm
nsb
Rsb
Wsp
Bbu
Ksm
Vor
Pvg
Tsm
Ggd
Rgu
Ssm
Sls
Sbs
Hal
Rgs
Bbbpu
Gst
Rgu

Gsb
bbt
sab
Rpp
Bml
Pls
Syp
Jmb
Rmb
Jmb
Ptm
Abd
Mks
धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधा सामाजिक क्षेत्रमा खर्च गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएका छन् ।
मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त सम्पूर्ण रकम शिक्षा, गौ–सेवा र असहायहरूको सहयोगमा खर्च गर्दै आएका छन् । सोही प्रतिबद्धताको निरन्तरता दिँदै शुक्रबार हमालले धनगढीमा पत्रकार सम्मेलन गरेर अहिलेसम्मको सेवा-सुविधाको रकम खर्च गरिएको विवरण सार्वजनिक गरेका छन् । उनले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर विपन्न तथा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले आफूले प्राप्त गरेको रकम शिक्षा र समाजसेवामा खर्च गरिरहेको बताए ।
त्यस्तै,आर्थिक वर्ष २०७८–०७९ मा प्राप्त १ लाख ३७ हजार २ सय ७३ रुपैयाँ पूर्ण रुपमा सामाजिक क्षेत्रमा खर्च गरिएको थियो । सो रकममध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ रुपैयाँ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ नगद सहयोग गरिएको थियो ।
यस्तै,आर्थिक वर्ष २०७९–०८० मा प्राप्त ९ लाख ३६ हजार ४ सय रुपैयाँमध्ये २ लाख ६७ हजार ८ सय रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरिएको थियो । उक्त रकमबाट दृष्टि फाउन्डेसन, मानव सेवा आश्रम, आमाको माया छात्राबास, खगेन्द्र नवजीवन केन्द्र र दक्षिणकाली विद्यालयका गरी कुल २६९ जना आश्रितहरु लाभान्वित भएका थिए । उनीहरुलाई न्यानो लुगा वितरण गरिएको थियो ।
त्यस्तै,आर्थिक वर्ष २०८०–०८१ मा भने कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ वटा सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीहरुलाई कापी, पेन्सिल, कटर र इरेजरजस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो । यसका लागि ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०८१ –०८२ मा प्राप्त सेवा–सुविधाबाट धनगढीका ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । यस अन्तर्गत करिब १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गरिएको हो । मेयर हमालले प्राप्त गरेको रकमबाट ग्रामीण भेगमा रहेका सबै आधारभूत विद्यालयका स्टेसनरी वितरण गरिएको हो ।
यस्तै,शुक्रवार आज आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुखले प्राप्त गरेको १० लाख रुपैयाँबाट धनगढीका ४२ आधारभूत तथा पाँच नमुना गरी ४७ सामुदायिक विद्यालयका ७ हजार ४७५ जना विद्यार्थीलाई स्टेसनरी सहयोग गरिएको जानकारी दिइएको छ । यसैगरी चालु आर्थिक वर्षको प्राप्त सुविधाको रकमबाट स्टेसनरी वितरणको तयारी भइरहेको नगरपालिकाका विज्ञ शिक्षक गणेशप्रसाद भट्टले बताए ।
नगर प्रमुख हमालका अनुसार आर्थिक वर्ष २०८२ –०८३ मा प्राप्त हुने सेवा–सुविधाको रकम पनि सामाजिक काममै खर्च गरिनेछ । साथै, थप ५ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरी कुल सामाजिक योगदान ४४ लाख रुपैयाँ पुर्याउने उनको योजना रहेको छ । हालसम्म नगर प्रमुखको सेवा–सुविधाबाट कुल ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ । जसमध्ये २३ लाख ९७ हजार रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। बाँकी रकममा समेत उनले व्यक्तिगत तर्फबाट ५ लाख १७ हजार १ सय २६ रुपैयाँ थप गरेका छन्। बाँकी रकमसमेत सामुदायिक विद्यालयका विद्यार्थीका लागि खर्च गरिने बताइएको छ ।
त्यस्तै,उनीहरुलाई स्टेनरी सहयोग गरिने नगर प्रमुख हमालले बताए। ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाको परिवारको आर्थिक अवस्था कमजोर हुने भएकाले उनीहरूंको पढाइमा सहयोग होस् भनेर स्टेसनरी प्रदान गर्न थालिएको मेयर हमालले बताए । सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुको शिक्षामा पहुँच अभिवृद्धि गर्ने र विभिन्न सामाजिक अभियानहरुलाई सघाउने उद्देश्यले आफूले सुविधा त्यागेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको मेयर हमालको भनाइ छ । उनका यस्ता कार्यले स्थानीय तहमा नेतृत्वले लिन सक्ने सकारात्मक उदाहरण प्रस्तुत गरेको छ । दिनेशखबर
