
Unsku
Pbu
sbs
Srbpu
Lnp
Ggp
Rgp1
Pes
pku
Gfs
Djs
Sgr
cjs
Rgp

Bbu
Rgu
Ggd
Sls
Vor
Gst
Bbbpu
Rsb
Rgs
Pvg
Ksm
Rgu
Sbs
nsb
Wsp
Hal
Asm
Ssm
Tsm

Jmb
Ptm
Jmb
bbt
Pls
Mks
Gsb
Rpp
Rmb
Bml
Syp
sab
Abd
दाङ । लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद के.सी.(साेनाम) ले केही दिन अघि परेको अविरल वर्षतका कारण आएकाे बाढीले राप्ती गाउँपालिका क्षेत्रमा पुर्याएको क्षति र लामाे समयदेखि अलपत्र रहेको वडा नं.-८ काे बिजाैरी देखि वडा नं.४ काे नयाँ गाउँ जाेड्ने दाेलई खाेला पक्कि पुल निर्माण याेजनाकाे कामकाे बुधबार स्थलगत अवलोकन गर्नु भएको छ।
अवलोकनपश्चात मन्त्री केसीले बाढी नियन्त्रणका लागि तत्काल दिर्घकालिन याेजन बनाएर काम अगाडि बढाउने बताउनु भएकाे छ । त्यस्तै मन्त्री केसीले साे पुल निर्माण याेजनाकाे काम बिचमै अलपत्र पार्ने जय बुद्ध कनट्रक्सन प्रालिसँगकाे ठेक्का सम्झौता तत्काल रद्ध गरी कार्वाही प्रक्रिया अघि बढाउन समेत निर्देशन दिनु भएकाे छ।
त्यस्तै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले यस क्षेत्रमा बाढी पहिराले पुर्याएकाे क्षति र त्यसको राेकथामकाे उपाएकाे बारेमा मन्त्री केसीलाई जानकारी गराउनु भएकाे थियाे । साथै उहाँले विपतमा परेका जनताहरुकाे समस्याको समाधान गर्नकाे लागि पालिका एक्लैलाई अफ्ठ्याराे पर्ने भएकाले प्रदेश सरकारलाई यस कार्यमा सहयाेग गर्न समेत आग्रह गर्नु भएको थियाे ।
सो अवसरमा लुम्बिनी प्रदेश पुर्वाधार विकास प्राधिकरणका कार्यकारी प्रमुख,अर्थविज्ञ,राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरु,स्थानीय समाजसेवी बुद्धिजीवी, सञ्चारकर्मी,सुरक्षाकर्मी लगायतकाे उपस्थिति रहेकाे थियाे।
