
pku
Ggp
Rgp1
Sgr
Unsku
Pbu
Srbpu
Rgp
Lnp

Pvg
Ggd
Bbu
Ksm
Hal
Sls
Rsb
Asm
Rgs
Wsp
Gst
Vor
Rgu
Sbs
Rgu
Tsm
Bbbpu
nsb
Ssm

sab
Gsb
Bml
Jmb
Jmb
Mks
Rmb
Ptm
bbt
Abd
Syp
Pls
Rpp
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ लाख रुपैयाँ घुससहित रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापालाई पक्राउ गरेको छ ।
उनीहरुबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको अख्तियार स्रोतले जानकारी दिएको हो । रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम लिएको खुलेको अख्तियारको भनाइ रहेको छ ।
त्यस्तै अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले अख्तियारको केन्द्रीय कार्यालयको टोली रामेछापमा रहेको पुष्टि गरे । अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका(१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको थियो ।
