Sidha Patra शुक्रबार, बैशाख २५, २०८३

काठमाडौँ । सर्वोच्च अदालतले सुकुम्वासी बस्तीहरु नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उचित विकल्प र कानुनी प्रक्रियाबिना सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई आवासबाट निष्कासन नगर्न सरकारका नाममा आदेश दिएको हो ।

त्यस्तै,अदालतले काठमाडौँका विभिन्न नदी किनारमा रहेका सुकुम्बासी बस्तीमा डोजर लगाएर हटाउने कार्यले नागरिकको मौलिक हकमा आघात पुग्ने र मानवीय संकट आउन सक्नेतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । ​आदेशमा सुकुम्बासीहरुको दीर्घकालीन व्यवस्थापनका लागि कानुनी प्रक्रिया अवलम्बन गर्न र उनीहरुको शिक्षा,स्वास्थ्य तथा आवासजस्ता आधारभूत आवश्यकताको सुनिश्चितता गर्न आदेश दिएको छ ।

यस्तै,संघीय सरकार र स्थानीय तहले बस्ती खाली गर्न जारी गरेका मौखिक तथा सूचनाका आधारमा हुन लागेको कारबाहीलाई रोक्दै अदालतले वैकल्पिक आवास र पुनःस्थापनाको व्यवस्था नगरी बलपूर्वक नहटाउन भनेको हो । सर्वोच्चले यस विषयलाई गम्भीर र चाँडो निरुपण गर्नुपर्ने प्रकृतिको भन्दै विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएको १५ दिनभित्र पूर्ण सुनुवाइका लागि पेस गर्न र यसलाई प्राथमिकता (अग्राधिकार) दिनसमेत निर्देशन दिएको छ।

त्यस्तै,सर्वोच्चले भनेको छ, ‘सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई निजहरु बसोबास गरिरहेको स्थानबाट विस्थापन गरी अन्यन्त्र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरुको वासस्थानबाट हटाउँदा,शिक्षा, स्वास्थ्य,आवास लगायतका हकमा हुन जाने अपूरणीय क्षति एवं उत्पन हुन सक्ने मानवीय संकटसमेतलाई दृष्टिगत गरी सो सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८२/१२/१३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी कार्य सूचीको बुँदा नं. ९१ मा उल्लेखित मापदण्ड एवं प्रक्रिया र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च.नं. ४१२ मिति २०८३/०१/१७ को सबै नगरपालिका र गाउँपालिकाको नाउँमा जारी परिपत्र एवं गृह मन्त्रालयको च.नं. ६५० मिति २०८३।०१।१७ को पत्रबाट निर्दिष्ट चरणबद्ध प्रक्रिया अवलम्बन नगरी सुकुम्वासी तथा अव्यवस्थित बसोवासीलाई जबरजस्ती बस्तीबाट हटाउने वा विस्थापित गर्ने कार्य नगर्न नगराउनू ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]