
Lks
ksb
Sgp
Lnp
Usb
Ggp
Rgp
Jns
Rgp
lnp
Rgp
Asb
Rgp
Ggp
Dus
दाङ । नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालनका लागि कमाण्डर तोकेको छ । दाङ संघीय निर्वाचन क्षेत्र नम्बर १ को चुनावी कमाण्डरको रुपमा प्रदेश कमिटि सदस्य तथा लमही ईञ्चार्ज कुलबहादुर केसीलाई तोकेको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार रेवतीरमण शर्मालाई जिताउन केसीको संयोजकत्वमा ५ सय ५५ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । […]
दाङ । नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज लमही आँखा अस्पतालको आयोजनामा आँखा स्वास्थ्यसम्बन्धी छलफल कार्यक्रम बुधबार लमहीमा सम्पन्न भएको छ । कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले आँखा स्वास्थ्य नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै नगरपालिकाले आँखा उपचार,जाँच तथा सचेतना कार्यक्रमलाई प्राथमिकतामा राख्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले ग्रामीण […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट स्थित दाेलाई खोलामा पक्की पुल निर्माण कार्य सुरु भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारुको पहलमा उक्त पुल निर्माण अघि बढाइएको हो । राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटदेखि वडा नम्बर ९ देविकोट हुँदै बङ्गलाचुली जोड्ने गणतन्त्र मार्ग अन्तर्गत पर्ने दाेलाई खोलामा लुम्बिनी […]
बाजुरा । केही दिनदेखि बाजुरा लगातार परेको भारी हिमपातका कारण त्यहाँको जनजीवन प्रभवित भएको छ । गत शुक्रबार, शनिवार र सोमबारमा परेको बाक्लो हिमपातका कारण त्यहाँको जनजीवन निकै प्रभावित बन्दै गएको हो । केही दिन यता बाहिर बाक्लो हिमपातका कारण त्यहाँका स्थानीयलाई गाई भैँसी भेडाबाख्रालाई चरिचरन गर्न समेत निकै समस्या भएको हिमाली गाउँपालिका–६ पाडीका स्थानीय […]
काठमाडौं । सरकारले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ । अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो । गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड,रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ । […]
दाङ । देउखुरीको गढवा गाउँपालिकामा थप दुई स्थानमा दूध संकलन केन्द्र स्थापना गर्ने विषयमा छलफल सम्पन्न भएको छ । गढवामा सञ्चालित भिटा परियोजना अन्तर्गत गठन भएको गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गढवाको दुई स्थानमा सहायक दूध संकलन केन्द्र स्थापना गर्ने तयारी गरेको हो । हाल गढवा-६ गढवा बजारमा दूध संकलन तथा बिक्री केन्द्र […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह सुदूरपश्चिम केन्द्रित चुनावी कार्यक्रम अन्तर्गत दार्चुला पुगेका छन् । पार्टीको चुनावी गतिविधिलाई लक्षित गरी गरिएको यस भ्रमणका क्रममा उनी बुधबार अपराह्न दार्चुलाको गोकुलेश्वर पुगेका हुन् । त्यस्तै गोकुलेश्वरमा साहले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै आगामी निर्वाचनका तयारीबारे छलफल गरेका छन् । सो अवसरमा […]
सर्लाही । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेपछि विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको छ । काङ्ग्रेस उम्मेदवार थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नम्बर ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष काङ्ग्रेसमा प्रवेश गरेका हुन् । बहुजन पार्टीबाट सर्लाही क्षेत्र नम्बर ४ […]
काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ । उनी ६६ वर्षका थिए। बुधबार बिहान ८ः४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिका सहित पाँच जनाको मृत्यु भएको छ । अहिलेसम्म प्राप्त […]
काठमाडौं । बारामा एकै परिवारका आमा-छोरा हत्यामा बुहारी र अर्का एक युवक पनि पक्राउ परेका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको हत्या भएको थियो । बुधबार बिहानीपखका राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरले बताए […]