प्रिया स्मृती गजमेर शुक्रबार, बैशाख २५, २०८३

दाङ । लमही नगरपालिकाले आयोजना गरेको दुई दिने किशोरी आत्मरक्षा तालिमको उद्घाटन गर्दै कार्यबाहक नगर प्रमुख उमेश कुमार खड्काले वर्तमान समयमा किशोरी तथा महिलामाथि हुने हिंसा,दुर्व्यवहार र असुरक्षाका घटनाहरु बढ्दै गइरहेको अवस्थामा आत्मरक्षा सम्बन्धी तालिम अत्यन्त आवश्यक भएको बताएका छन् ।

उनले आत्मरक्षा भनेको केवल शारीरिक प्रतिकार मात्र नभई मानसिक रुपमा सचेत,आत्मविश्वासी र सजग बन्ने प्रक्रिया पनि भएको उल्लेख गरे । कार्यबाहक प्रमुख खड्काले किशोरीहरुलाई आफ्नो सुरक्षाप्रति सधैं सचेत रहन आग्रह गर्दै कुनै पनि हिंसा,दुर्व्यवहार वा गलत गतिविधि सहेर नबस्न सुझाव दिए । “आफूमाथि अन्याय भयो भने डराएर चुप लागेर बस्ने होइन, साहसका साथ आवाज उठाउनुपर्छ,” उनले भने ।

त्यस्तै,उनले विद्यालय, घर, सार्वजनिक स्थान तथा सामाजिक सञ्जालको प्रयोग गर्दा समेत सतर्कता अपनाउन किशोरीहरुलाई आग्रह गरे । अहिलेको समयमा प्रविधिको दुरुपयोगका कारण साइबर हिंसा र सामाजिक सञ्जालमार्फत हुने दुर्व्यवहार बढ्दै गएको उल्लेख गर्दै उनले अपरिचित व्यक्तिसँग अनावश्यक सम्पर्क नगर्न, व्यक्तिगत जानकारी सहजै साझा नगर्न तथा कुनै समस्या परेमा अभिभावक वा सम्बन्धित निकायलाई तुरुन्त जानकारी गराउन सुझाव दिए ।

कार्यबाहक नगर प्रमुख खड्काले आत्मरक्षा तालिमले किशोरीहरुमा आत्मविश्वास बढाउने, आकस्मिक परिस्थितिमा आफूलाई सुरक्षित राख्ने क्षमता विकास गर्ने तथा कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन सिकाउने विश्वास व्यक्त गरे । उनले तालिमबाट सिकेका सीप व्यवहारमा लागू गर्न र अन्य साथीहरुलाई समेत जानकारी गराउन आग्रह गरे ।

तालिममा सामुदायिक विद्यालयका ५० जना किशोरीहरुको सहभागिता रहेको छ । सहभागीहरुलाई आत्मरक्षासम्बन्धी आधारभूत अभ्यास,संकटको समयमा अपनाउनुपर्ने सावधानी, शारीरिक तथा मानसिक सुरक्षा तथा हिंसाबाट जोगिने उपाय लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ । तालिमको मुख्य प्रशिक्षकमा बालिका चौधरी र सहायक प्रशिक्षकमा पदमा चौधरी रहेका छन् ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत केशव लम्सालले स्वागत मन्तव्य राखेका थिए भने सहायक शिक्षा अधिकृत अम्बिका शर्माले कार्यक्रमको सहजीकरण गरेकि थिइन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]