
bpmhl
Ksbus
Nssbush
Gis
Lsbus
Gsbus
Gms
Gsbus
Gsl
Gss
Rsbus
Ksbus
Ksbus
Pbu
Ksbus
Lsbus
Bsbus
Ssbus
Ssbus
Gis

Vor
Rgu
Sbs
Wsp
Gst
Rgu
Rgs
Bbbpu
Sls
Bbu
Pvg
Ksm
Asm
nsb
Hal
Rsb
Ggd
Tsm
Ssm

Abd
sab
Pls
bbt
Bml
Ptm
Rmb
Syp
Jmb
Jmb
Gsb
Mks
Rpp
दाङ । एभरेस्ट बैंक लिमिटेड लमही शाखाले दृष्टिविहीनता न्यूनीकरणका लागि आर्थिक सहयोग गरेको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत सञ्चालित लमही आँखा अस्पताललाई एभरेस्ट बैंक लिमिटेडले पाँच लाख रकम बिहीबार सहयोग गरेको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका प्रमुख प्रशासक डा.सम्शेर थापाले जानकारी दिए ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोतियाविन्दुको शल्यक्रियाका लागि अस्पताललाई सो सहयोग गरेको हो । लमही आँखा अस्पतालमा कार्यक्रमको आयोजना गरेर बैंकका प्रदेश प्रमुख निरञ्जन कार्की,लमही शाखाका प्रबन्धक देवेन्द्र अर्यालसहित बैंकका कर्मचारीले पाँच लाख रुपैयाँको चेक नेपाल नेत्रज्योति संघ दाङ शाखा उपभापति रेशमबहादुर खड्कासहितका अस्पताल प्रशासन समितिका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
सहयोग रकम हस्तान्तरण गर्दै प्रदेश प्रमुख कार्कीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोतियाविन्दुका बिरामीको शल्यक्रियाका लागि सो रकम उपलब्ध गराएको बताए । बैंकका शाखा प्रमुख देवेन्द्र अर्यालले बैंकले विभिन्न किसिमका सामाजिक कार्यमा सहयोग गर्दै आएको भन्दै लमही आँखा अस्पताललाई मोतियाविन्दुको शल्यक्रियाका लागि सहयोग गरेको र आगामी दिनमा बैंकले गर्न सक्ने थप सहयोग सहकार्य हुने बताए ।
सो अवसरमा नेपाल नेत्रज्योति संघ दाङका उपभापति रेशमबहादुर खड्काले दृष्टिविहीनता न्यूनीकरण लागि बैंकले गरेको यस कार्य अनुकरणीय भएको भन्दै धन्यवादसमेत दिएका थिए । कार्यक्रममा अस्पताल प्रशासनिक समितिका संयोजक लिला शाह,प्रमुख प्रशासक डा.सम्शेर थापा,बरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माले अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा थप सहयोग सहकार्यको अपेक्षा गरेका थिए ।
त्यस्तै,प्राप्त रकमबाट आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गराउन नसकेका बिरामीको शल्यक्रिया गरिने प्रमुख प्रशासक डा. थापाले जानकारी दिए ।
