
Rgp1
cjs
Ggp
Pbu
Gfs
sbs
Lnp
Srbpu
Djs
Sgr
Rgp
pku
Unsku
Pes

Sls
Wsp
Ksm
Bbbpu
Asm
nsb
Ssm
Pvg
Tsm
Rgu
Rgu
Rsb
Rgs
Bbu
Gst
Sbs
Ggd
Hal
Vor

Gsb
Bml
Pls
Rpp
Syp
Jmb
bbt
Rmb
Abd
Mks
Jmb
Ptm
sab
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा गाउँपालिका र विभिन्न संघ संस्थाको समन्वयमा हालसम्म ५ सय ८६ घरपरिवारलाई राहत वितरण गरिएको छ ।
अबिरल वर्षातको कारण राजपुर गाउँपालिका क्षेत्र भित्र बाढीबाट डुबान तथा कटानले खान,बस्न समस्या भएका अति प्रभावित घरपरिवारलाई नेपाल रेडक्रस सोसाइटी,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,सिपी नेपालको संयुक्त सहकार्यमा गाउँपालिकाको एकद्वार प्रणाली निति अनुरुप राहत वितरण गरिएको हो ।
जस अन्तरगत पहिलो चरणमा बाढीबाट अति प्रभावित भएका १ सय १० घरपरिवारलाई राजपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले असोज २४ गतेको दिन राहत वितरण गरेको थियो । त्यस्तै वर्षातको कारण बाढीले घर भत्किएर घरबास बिहिन भएका वडा नम्बर १ का ६० घरपरिवारलाई राजपुर गाउँपालिकाले असोज २५ गते त्रिपाल वितरण गरेको थियो ।
यसैगरी बाढीबाट डुबान र कटानले खानबस्नमा समस्या भएका वडा नम्बर ४ का १ सय २९ घर परिवारलाई राजपुर गाउँपालिका,मानव कल्याण तथा वाताबरण संरक्षण केन्द्र र नेपाल रेडक्रस सोसाइटीको समन्वयमा असोज ३० गते राहत वितरण कार्य सम्पन्न गरेको थियो ।
त्यस्तै कार्तिक १ गते राजपुर गाउँपालिका र मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,नेपाल रेडक्रस सोसाइटी तथा सिपी नेपालको समन्वयमा वडा नम्बर ५ का १ सय ५७, वडा नम्बर ६ का १०९ र वडा नम्बर २ का २१ घरपरिवारलाई गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपति देवि यादव र ५ नम्बर वडाका अध्यक्ष टंक बहादुर बिस्ट,६ नम्बर वडा अध्यक्ष श्याम बहादुर रोका,२ नम्बर वडाका अध्यक्ष ओम प्रकाश यादव लगायत संघ संस्थाका पदाधिकारीको उपस्थितिमा राहत वितरण गरिएको राजपुर गाउँपालिका सूचना प्रविधि अधिकृत तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव शरद रेग्मीले जानकारी दिनु भयो ।
यसैगरी अन्य वडामा अझै राहत वितरण गरिने राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीले जानकारी दिनु भएको छ ।

