
Unsku
Sgr
sbs
cjs
Lnp
Rgp
Ggp
pku
Djs
Srbpu
Gfs
Pes
Pbu
Rgp1

Rgs
Rgu
Sls
Bbu
Ksm
Gst
Bbbpu
Sbs
Rgu
Asm
nsb
Rsb
Tsm
Wsp
Hal
Ggd
Pvg
Vor
Ssm

bbt
Mks
Bml
Pls
Ptm
Syp
Jmb
Gsb
Rmb
Abd
Rpp
sab
Jmb
दाङ । अविरल वर्षातका कारण बाढी,पहिरो तथा डुबान र कटानबाट विस्थापित भएर खान,बस्न समस्या भएका वडा नम्बर ७ का ४२ घरपरिवारका पीडितहरुलाई राजपुर गाउँपालिमाले बिहीबार राहत वितरण गरेको छ ।
राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकी, गाउँपालिका उपाध्यक्ष धनपती देवी यादव,वडा नम्बर ७ का वडा अध्यक्ष पुष्कर ओलीको प्रमुख रोहवरमा उक्त बाढी पीडित घरपरिवारलाई राहत वितरण गरिएको हो ।
त्यस्तै तत्काल राजपुर गाउँपालिकाले बाढी,पहिरो र कटानबाट भत्केर पूर्णरुपमा क्षति भएका घरपरिवार हरुलाई रकम सहयोग गर्ने र सम्बन्धित निकायहरुमा पनि पहल गर्ने राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपती देवी यादवले जानकारी दिनु भयो।
यसैगरी वर्षातका कारण राजपुर गाउँपालिका क्षेत्र भित्रमा बाढी,पहिरो र कटानबाट पूर्णरुपमा क्षति भएका पीडित घरपरिवारहरुलाई राहत वितरण गर्ने क्रममा राजपुर गाउँपालिकाको एकद्वार प्राणीको निति नियमको अधीनमा रहेर राहत वितरण कार्यमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी,मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र,सिपी नेपाल संस्थालाई राजपुर गाउँपालिका अध्यक्ष तथा विपद व्यवस्थापन समितिका संयोजक शरद कुमार बुढाथोकीले हार्दिक धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको छ ।
त्यस्तै हालसम्म राजपुर गाउँपालिका क्षेत्र भित्रको वडा नम्बर १ देखि ७ नम्बर वडाका ६ सय २८ घरपरिवारलाई राहत वितरण गरिसकेको राजपुर गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद व्यवस्थापन समितिका सदस्य सचिव शरद रेग्मीले जानकारी दिनु भयो ।
