अनिल खत्री/गुल्मी बुधबार, कार्तिक ०२, २०७९

गुल्मी । गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिविर गरिएको छ । जिल्लामा रहेका विभिन्न सवारी चालकहरुको नि:शुल्क रुपमा आँखाको जाँच गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको आयोजनामा नि:शुल्क रुपमा आँखा जाँच शिविर सुरु गरिएको हो । ‘आँखा उपचारमा निरन्तरत दिऔं ध्यान,आफ्नो र यात्रुहरुको बचाऔं ज्यान’ भन्ने नाराका साथ सवारी चालकहरुको लागि नि:शुल्क शिविर आयोजना गरिएको छ ।

शिविरको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलको आँखा जाँच गरेर सुरुवात गरिएको थियो । जिल्ला सदरमुकाम तम्घासमा ४ दिनसम्म चल्ने शिविरमा जिल्ला भर रहेका यात्रुवाहक सवारी चालकहरुको नि:शुल्क रुपमा आँखा जाँच गरिने आँखा उपचार केन्द्रका सूर्यबहादुर बस्नेतले बताए ।
शिविरको सुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आँखा महत्वपूर्ण भएकाले समय समयमा चेकजाँच गरिरहनु पर्ने बताए ।

सवारी चालकहरुको आँखा जाँचले आँखाकै कम्जोरीका कारणले हुनसक्ने दुर्घटना न्यूनिकरण हुने बताए । एउटा सवारी चालकको हातमा धेरै मानिसको ज्यान हातमा रहेकाले चलकलको आँखा जाँच उत्तिकै महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । पछिल्लो समय बढ्दो दुर्घटना आँखाको कम्जोरी हुँदा पनि हुनसक्ने भएकाले शिविर सञ्चालन गरिएको हो ।

नि:शुल्क रुपमा आँखा जाँच गराउन पाउदा सवारी चालकहरु उत्साहित भएका छन् । आफनो आँखाको अवस्था बारे जानकारी लिन पाउदा सवारी चलाउनको निम्ति पनि ढुक्क हुने सवारी धनी डोलबहादुर कुँवरले बताए । शिविरमा सबै सवारी चालकलाई आएर आँखा जाँच गराउन अनिवार्य गरिएको कुँवरले बताए । उनले यस्तो शिविर बेला बेलामा संचालन गर्न आबश्यक रहेको बताए । सवारी दुर्घटनाका कारणहरु मध्ये चालकको आँखाको दृष्टि कम्जोरका कारण पनि रहेकाले शिविर आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

त्यस्तै शिवरमा आँखाको अवस्थाको जाँच र आखाको प्रेसरको पनि जाँच गरिने नेपाल नेत्र ज्योत्ति संघ, आँखा उपचार केन्द्र गुल्मीका अध्यक्ष शेरबहादुर थापाले बताए । यस्ता शिविर विभिन्न सरोकारवालाहरुको समन्वयमा गरिने थापाले बताए । शिविरमा सरकारी कार्यालयका चालक तथा प्रमुखहरुले पनि आँखा जाँच गरेका थिए । जिल्लामा आँखाका बिरामी अत्यधिक रहेको आँखा उपचार केन्द्र गुल्मीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]