श्यामेश चौधरीद्वारा मेटमणिलाई समर्थन नगर्ने घोषणा,कुलप्रसाद केसीलाई समर्थन गर्ने

दाङ । नेपाली कम्युनिष्ट पार्टीबाट क्षेत्र नम्बर १ दाङमा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनेका मेटमणी चौधरीलाई श्यामेश चौधरीले समर्थन नगर्ने घोषणा गरेका छन् । चुनाव प्रचारप्रसार समितिका संयोजक तथा पूर्व माओवादी केन्द्र राप्ती गाउँपालिका इन्चार्ज, लुम्बिनी प्रदेश सदस्य,थारु राष्ट्रिय मुक्तिमोर्चाका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्यामेश चौधरीले मेटमणि चौधरीलाई समर्थन नगर्ने घोषणा गरेका हुन् […]

प्रेस चौतारीद्वारा क्षेत्र नं.१ मा एमाले उम्मेदवार शर्मालाई विजय गराउन प्रचार रणनीति तयार

दाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेकपा एमाले दाङ क्षेत्र नम्बर १ मा शुक्रबार प्रचार भेला सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल दाङको आयोजनामा सम्पन्न उक्त भेलाले निर्वाचनलाई लक्षित गर्दै सञ्चार तथा प्रचार रणनीति तय गरेको हो । भेला लमही नगर अध्यक्ष किशन भट्टराईको […]

लमहीमा सहिद दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

दाङ । सहिद दिवसको अवसरमा नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ काङ्ग्रेसी मनको आयोजनामा लमही बजार स्थित धमला चोकमा दिप प्रज्वलन गरेकाे छ । नेपाली काङ्ग्रेस लमही नगर सभापति सन्ताेष बुढाथोकीको अध्यक्षता एवम् नेपाली काङ्ग्रेस सह-महामन्त्री याेगेन्द्र चाैधरीकाे प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेसका नेता मधु न्याैपानेकाे विशिष्ट अतिथिमा शुक्रबार सहिदहरुको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको […]

नेपाली काङ्ग्रेसका उम्मेदवार योगेन्द्र चौधरी घरघरमा पुग्दा मतदाता उत्साहित

दाङ । नेपाली काङ्ग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर–१ बाट पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ । युवा पुस्ताका उम्मेदवारका रूपमा चौधरीलाई अघि सारेसँगै क्षेत्र नम्बर–१ का मतदाताहरु उत्साहित भएका छन् । देउखुरी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका चौधरीले राप्ती नदीमा पक्की पुल निर्माणदेखि घोराहीस्थित राप्ती […]

फागुन २१ को निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्छ:महासचिव शंकर पोख्रेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोख्रेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा बढ्ने दावी गरे । त्यस्तै प्रत्यक्षतर्फको मत धेरै पार्टीमा विभाजित भए पनि एमालेले बहुमत ल्याउन सक्ने उनको विश्वास छ । […]

अब रुकुम पूर्वबाट समाजवादको मोडेल खडा गर्छु : नेकपा संयोजक प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान मन नपराउने वर्ग र तत्त्वले आफूलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेतृत्वको सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही शक्तिलाई मन नपरेको […]

निवर्तमान काङ्ग्रेस सभापति देउवासँग संवादमा छु : वर्तमान सभापति गगन थापा

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग संवादमा रहेको बताएका छन् । यस्तै शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच मतभेद नभएको बताए । पार्टी एक ढिक्का भएर निर्वाचनमा होमिएको थापाको भनाइ थियो । त्यस्तै धनुषा–४ मा देउवा पक्षीय नेता महेन्द्र यादव कांग्रेसका उम्मेदवार […]

रास्वपा सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । […]

देउखुरी क्षेत्रमा विमानस्थल सम्भव छ:मेटमणि चौधरी

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा भइसकेपछि देउखुरीको पूर्वाधार विकासलाई लिएर बहस चर्किरहेका बेला पूर्व शहरी विकासमन्त्री मेटमणि चौधरीले यहाँ विमानस्थल निर्माण अपरिहार्य भइसकेको बताएका छन् । राजधानीको हैसियत,भौगोलिक उपयुक्तता र क्षेत्रीय पहुँचलाई आधार मान्दै उहाँले देउखुरीमा विमानस्थल निर्माण सम्भव मात्र नभई अब आवश्यकताको विषय भइसकेको दाबी गरेका हुन् । बिहीबार दाङको लमहीमा आयोजित […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]