
Djs
Pes
Lnp
Pbu
Srbpu
Ggp
sbs
cjs
Sgr
Rgp
pku
Rgp1
Gfs
Unsku

Asm
Pvg
Rgu
Sbs
Bbu
Ksm
Hal
nsb
Gst
Ggd
Tsm
Vor
Rgu
Wsp
Ssm
Sls
Rsb
Rgs
Bbbpu

Ptm
sab
Syp
bbt
Pls
Jmb
Gsb
Jmb
Rmb
Bml
Mks
Rpp
Abd
दाङ । सिसहनियाँ क्षेत्रमा सञ्चालित अटोलाई व्यवस्थापन गरिने भएको छ । राप्ती गाउँपालिकाले बुधवार सिसहनियाँमा आयोजना गरेको छलफल कार्यक्रमले अटो व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा भएको छलफलले अव्यवस्थित रुपमा सिसहनियाँ बजारमा पार्किङ हुँदै आएका अटोलाई अवको केहि दिनमा कृषि उपज केन्द्र अगाडी पार्किङ गर्ने निर्णय गर्नुका साथै अटोका लागि प्रतिदिन २० रुपैयाँ, शौचका लागि ५ र १० रुपैयाँ तथा बस पार्किङका लागि प्रतिदिन रु ३० निर्धारण गर्ने गरी राप्ती गाउँपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यसैगरि छलफलले राप्ती गाउँपालिका भित्र चल्ने अटो, रिक्सा र स्थानीय बस को भाडा निर्धारणका लागि सवै व्यवसायीहरुको प्रतिनिधित्व हुने गरि कार्यदल बनाएर भाडा निर्धारण गर्ने, सिसहनियाँ बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि जनचेतनामुलक कार्यक्रम गर्ने र समय तालिका बनाएर कुहिने र नकुहिने फोहोर उठाउने निर्णय गरेको छ ।
छलफल कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी,प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली,वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी,लेखा अधिकृत धनप्रसाद शर्मा, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी,राप्ती गाउँपालिका चेम्बर अफ कमर्सका अध्यक्ष कुमार अधिकारी,थानेश्वर यातायात प्रालि सिसहनियाँका अध्यक्ष घनश्याम परियार, इलाका प्रहरी कार्यालय सिसहनियाँका प्रहरी वरिष्ठ हवल्दार सुमन थापा,त्रिसिद्धेश्वरी राप्ती यातायात बस व्यवसायी समिति सिसहनियाँका प्रतिनिधि भुवन केसी,देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता,पत्रकार तुलबहादुर कवँर मगर लगायत स्थानीय व्यापारी तथा उद्योग वाणिज्य संघ,चेम्बरका पदाधिकारी र अटो व्यवसायीहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रमको सञ्चालन राप्ती गाउँपालिकाका अधिकृत दामोदर आचार्यले गरेका थिए ।
