दक्षिण कोरियामा म्यानपावरमार्फत नै सिपयुक्त श्रमिक पठाउने बाटो खुल्यो

काठमाडौं । दक्षिण कोरियामा ई–७ भिसामार्फत नेपाली सिपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुला भएको छ । उच्च अदालत पाटनले विभिन्न समयमा दिएको अन्तरिम आदेश र त्यसपछि भएको सरकारी निर्णयका आधारमा युवा, श्रम तथा रोजगार मन्त्रालयले यसअघि रोकिएको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाले हालै परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै कोरियाको […]

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प जाँदा २३५ जनाको मृत्यु, ४ हजारभन्दा बढी मानिस घाइते

काराकास । भेनेजुएलाको राजधानी सहर काराकासनजिकै गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा २३५ जनाको मृत्यु भएको छ भने ४ हजार ३०० भन्दा बढी घाइते भएका छन् । भूकम्पपछि भत्किएका भवनहरूको भग्नावशेषमा पुरिएका मानिसहरूको जीवितै उद्धार गर्न उद्धारकर्मीहरू तीव्र रूपमा जुटेका छन् । काराकास र नजिकैको तटीय सहर ला गुइरामा भग्नावशेषभित्रबाट मानिसहरूले मद्दतका लागि पुकारेको आवाज […]

टेस्लाका मालिका इलन मस्क बने विश्वकै पहिलो ट्रिलियनियर

एजेन्सी । टेस्लाका मालिका इलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बनेका छन् । उनको अर्को प्रमुख कम्पनी स्पेस एक्सले आइपिओ जारी गरी ७५ अर्ब डलर उठाएपछि इलन मस्क एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पत्ति भएका पहिलो व्यक्ति बन्न चरणमा पुगेका हुन्। मस्कको कुल सम्पत्ति १.१ ट्रिलियन अमेरिकी डलर नाघ्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको […]

विश्व क्रिकेट मंचमा नेपालको लगातार आक्रामक छलाङ:अब जापानमा महासंग्रामको पालो ‎

काठमाडौं । ‎नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्चमा फेरि एकपटक आफ्नो प्रभावशाली उपस्थिति दर्ज गराएको छ । उत्कृष्ट प्रदर्शनका साथ एसियाड छनोट प्रतियोगितामा च्याम्पियन बन्न सफल नेपालले विश्व क्रिकेटमा नयाँ इतिहास रच्दै आफ्नो सशक्त क्षमता प्रमाणित गरेको हो । ‎ ‎कप्तान रोहित पौडेलको नेतृत्वमा मैदान उत्रिएको नेपाली टोलीले प्रतियोगिताभर अनुशासित खेल, आक्रामक ब्याटिङ र धारिलो बलिङ प्रदर्शन […]

सात वर्षपछि उत्तर कोरियामा पुगे चीनियाँ राष्ट्रपति सी जिनपिङ

प्योङयाङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि पहिलोपटक उत्तर कोरिया पुगेका छन् । दुईदिने राजकीय भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ । सोमबार दिउँसो सी जिनपिङ उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेका हुन् । विमानस्थलमा किम जोङ उन र उनकी पत्नी री सोल जु स्वयं उपस्थित […]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भेटपछि प्रधानमन्त्री मोदीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्त खुशी लागेको उल्लेख गरेका छन्। साथै उनले सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उनको चाहनालाई […]

सेमिफाइनल पुगेपछि रविन्द्र ढाँटले दिए सबै समर्थक नेपालीलाई धन्यवाद

काठमाडौं । ‘रोड टु युएफसी’को सेमिफाइनलमा पुगेपछि नेपाली एमएमए फाइटर रविन्द्र ढाँटले सबै नेपाली समर्थकलाई धन्यवाद दिएका छन् । उनले भने ‘सबै समर्थकलाई धन्यवाद जताततै नेपालीहरुनै नेपालीहरु सपोर्ट गर्न आउनुभएकोमा धन्यवाद ।’ उनले प्रशिक्षक तथा युएफसीलाइ पनि धन्यवाद दिएका थिए । ‘रोड टु युएफसी’ सिजन ५ अन्तर्गत आज मकाउको ग्यालेक्सी एरेनामा भएको क्वा्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट […]

रोजगार विभागद्वारा इजरायलका लागि खुलाइयो २३ सय रोजगारी,करिब साढे ३ लाख तलब

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि २३०० जनाको माग खुलाएको छ । यस अन्तर्गत महिला ६० प्रतिशत र पुरुष ४० प्रतिशत कोटा निर्धारण गरिएको छ । छनोट भएका कामदारले मासिक ६४४३.८५ इजरायली मुद्रा (३ लाख ४७ हजार बढी) तलब पाउनेछन् भने ओभरटाइम सुविधा पनि इजरायली कानुनअनुसार उपलब्ध हुने जनाइएको […]

आईसीसी विश्वकप लिग–२ मा नेपाल आज अमेरिकासँग खेल्दै

काठमाडौं । आज आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट रङ्गशाला कीर्तिपुरमा शुरु हुँदैछ । नेपालमा भैरहेको लिग–टु एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अंकतालिकामा नेपाल २५ खेलमा १८ अंकसहित सातौं स्थानमा छ । त्यस्तै,अमेरिका २५ खेलबाट ३६ अंक जोडेर दोस्रो […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]