
ksbus
Amb
Sdc


दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ ।
“पूर्ण खोप सुरक्षित भविष्य”खोप पाउनु बालबालिकाको ‘नैसर्गिक अधिकार हो ‘ भन्ने मूल नाराका साथ दाङको गढवा गाउँपालिका वडा नम्बर ६ लाई शुक्रबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको हो ।
वडा खोप समन्वय समितिले गढवा स्वास्थ्य चौकीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष वीरबहादुर आले मगरले पालिकाको वडा नम्बर –६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष आले मगरले गढवा गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । गढवा स्वास्थ्य चौकी,डाक्टर,महिला स्वास्थ्य स्वयंसेविकाहरुको ठुलो मिहिनेतले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गर्न सफल भएको बताउदै सबैलाई धन्यवाद दिए । वडा नम्बर – ६ बाट पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा सुरु गरेका छौं अब बिस्तारै सबै वडालाई घोषणा गर्दै जाने छ ।
जन्मेदेखि १५ महिनासम्मका सम्पूर्ण बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क दिइने सबै खोप लगाएकाले गढवा गाउँपालिका वडा नम्बर ६ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले जानकारी दिए ।
कार्यक्रममा वडा खोप समन्वय समितिका संयोजक विर बहादुर आले मगर,वडा सदस्य भानु कुमाल श,गढवा स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत मनिसा गैरे त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविका लगायतकाको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजिकरण गढवा स्वास्थ्य चौकीका प्रमुख सुर्य नारायण यादवले गरेका थिए ।
