दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङको अस्पताल परिसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । अस्पताल परिसरलाई स्वच्छ, सफा, हराभरा तथा वातावरणमैत्री बनाउने उद्देश्यले शनिबार बिहान ८:०० बजेदेखि सञ्चालन गरिएको सरसफाइ तथा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । निमित्त अस्पताल निर्देशक तथा सह–प्राध्यापक डा. सुरेश रसाइलीको अध्यक्षता तथा प्रतिष्ठानका उपकुलपति प्रा.डा. अजयकुमार […]

राप्ती गाउँपालिकामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर,३ सय बढीले लिए सेवा

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित राप्ती आधारभूत अस्पतालमा शुक्रबार आज आयोजित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर कार्यक्रमबाट ३ सय १९ जनाले स्वास्थ्य सेवा लिएका छन् ।राप्ती गाउँपालिकाको आयोजना,लायन्स क्लब अफ राप्ती क्यापिटलको समन्वय तथा ओसीसार स्वास्थ्य परामर्श, बुटवलको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा २ सय २३ महिला र ९६ पुरुषले स्वास्थ्य […]

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्दो,विशेषज्ञ सेवाप्रति नागरिकको आकर्षण

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक उपचारका लागि आउने बिरामीहरुको संख्या निरन्तर बढ्दै गएको छ । प्रतिष्ठानले सेवाग्राहीको सहजतालाई प्राथमिकतामा राख्दै सामान्य बाह्यरोग (जनरल ओपीडी) टिकट वितरणको समय दिउँसो २ बजेसम्म विस्तार गरेपछि बिरामीको पहुँचमा उल्लेखनीय सुधार आएको छ । यसअघि जनरल ओपीडीको टिकट वितरण दिउँसो १२ बजेसम्म मात्रै हुने व्यवस्था थियो । सीमित […]

सिनियर डिभिजन ई.बिक परिवारद्वारा राप्ती प्रतिष्ठानलाई तीन थान ह्विलचेयर सहयोग

दाङ । डिभिजन सिँचाइ कार्यालय तुलसीपुरका पूर्व कार्यालय प्रमुख तथा हाल सेवा निवृत्त सिनियर डिभिजन इन्जिनियर कृष्णबहादुर बिक र उनकी धर्मपत्नी लक्ष्मी बिकले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३ थान ह्विलचेयर सहयोग गरेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी दम्पतीले आफ्नो सामाजिक उत्तरदायीत्व बहन गर्नेक्रममा ब्यक्तिगतरुपमा बिरामीको सहज सेवा र उपचार प्रक्रियालाई थप प्रभावकारी […]

पुनःतीव्र रुपमा बढ्न थाल्यो डेंगु,७२ जिल्लामा फैलियो, संक्रमितको संख्या २ हजार नाघ्याे

काठमाडौँ । नेपालमा डेंगु संक्रमणको जोखिम पुनः तीव्र रुपमा बढ्न थालेको छ । स्वास्थ्य सेवा विभाग, इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो स्थिति प्रतिवेदन अनुसार २०८२ पुसदेखि २०८३ साउन १५ सम्म देशभरका ७२ जिल्लाबाट २,०२५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । त्यस्तै,महाशाखाले पाक्षिक रुपमा संक्रमणको अवस्था […]

राप्ती प्रतिष्ठान घोराहीमा उच्च बिरामी चाप,एकै दिनमा १२ सय बढी बिरामीले लिए सेवा

दाङ । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजसम्मकै सबैभन्दा बढी बिरामीको चाप देखिएको छ । प्रतिष्ठानको लाइभ सेवा तथ्यांक अनुसार आज‌ सोमबार एकै दिन एक हजार दुई सय ८५ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । जुन प्रतिष्ठानको इतिहासमै हालसम्मको सबैभन्दा उच्च दैनिक बिरामी संख्या हो । त्यस्तै,तथ्यांक अनुसार एक हजार एक सय ८० […]

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतबार साँझ भक्तपुरस्थित निवासबाट उनी पक्राउ परेकाे जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्य बहादुर खड्काले देशसञ्चारसँग बताए । त्यस्तै,उनलाई अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । किन पक्राउ गरिएको भन्ने खुलेको छैन । तर […]

राजपुरको भैसहवामा नि:शुल्क आँखा जाँच,३५ जनामा मोतिविन्दु

दाङ । देउखुरीको राजपुरमा नि:शुल्क आँखा जाँच कार्यक्रम मंगलबार सम्पन्न भएको छ । लमही आँखा अस्पतालको प्राविधिक सहयोग एन.ए.बी.पी नर्वेको आर्थिक सहयोगमा राजपुर गाउँपालिका वडा नम्बर ३ भाैसहवामा निःशुल्क आँखा जाँच कार्यक्रम भएको हो । उक्त कार्यक्रममा १ सय ५५ जानको आँखा जाँच गरिएकोमा ३५ जनालाई मोतिविन्दु र ६ जना अन्य विरामीहरु फेला परेको अस्पतालले […]

सरकार र चिकित्सकबीच पाँच बुँदे सहमतिपछि तत्काललाई आन्दोलन स्थगित

काठमाडौं । स्वास्थ्यकर्मी माथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि आज सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति भएको छ । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालय,गृह मन्त्रालय,उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]