
Rgp1
Unsku
Pbu
Gfs
Djs
sbs
Pes
Srbpu
Rgp
Sgr
pku
cjs
Ggp
Lnp
जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। भे१ह ३१९७ नम्बरको अटो नाग्मबाट हिमा गाउँपालिका–१ […]
नेपाल विद्युत प्राधिकरणका आन्दोलनरत कर्मचारीहरुले आज कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतलाई कार्यालय प्रवेशमा रोक लगाउने घोषणा गरेका छन् । सात बुँदे माग अघि सार्दै कात्तिक १२ गतेदेखि आन्दोलनरत नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन र नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले आज, भोलि र पर्सि तीन दिन कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशक प्रशासन, जनसाधन विभागका निर्देशक र सम्पूर्ण […]
डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका वडा नम्बर ६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको […]
दाङ । माओवादी केन्द्र गढवा गाउँपालिका कमिटीले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितका लागि राहत संकलन गर्ने निर्णय गरेको छ । शनिबार आज माओवादी केन्द्र गढवा गाउँपालिका कमिटी अध्यक्ष तिलक घिमिरेको अध्यक्षतामा बसेको आपत्कालीन बैठकले जाजरकोट र पश्चिम रुकुमका भुकम्प पीडितहरुको घाउमा मलम लगाउने उद्देश्यले तत्काल राहत संकल गर्ने निर्णय गरेको माओवादी केन्द्र गढवा गाउँपालिका […]
काठमाडौं । जाजरकोट र पश्चिम रुकुमको भूकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म १ सय ५७ पुगेको छ भने ३ सय ७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो । सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ । गम्भीर […]
दाङ । आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ। गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। आलु खेतीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई गढवा गाउँपालिकाले आलु उत्पादनमा ७५ प्रतिशत अनुदान दिएको छ।पालिका स्तरीय बीउ बिजनमा […]
दाङ । लमहीका समाजसेवी र स्वयंसेवक युवा भुकम्प प्रभावित जिल्ला जाजरकोट तिर राहत सामाग्री बोकेर शनिबार प्रस्थान गरेका छन् । भुकम्प प्रभावित क्षेत्रमा उद्धारका सामग्री र राहत उपलब्ध गराउने उदेश्य सहित सात जना युवाहरुको टाेलि जाजरकोट गएका हुन् । राहत लिएर जानेहरुमा लमही निवासी डिल्लीराज खनाल,दिनेश आचार्य,किरण खनाल, सुदिप पाण्डे,गाेविन्द पुलामी,अभिषेक पाेख्रेल, बाबू राेका मगर […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले भुकम्पबाट पीडित भएकाहरुलाइ राहत संकलन गर्ने भएको छ । संघको शनिबार बसेको आकस्मीत बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिनु भयो । सहयोग गर्ने चाहने सहयोगी दाताहरुले,उद्योगी तथा व्यवसायीहरुले संघको कृषि विकास बैंकको खाता नं ०९१९४०१०६७७४१०१४ र ग्लोबल आइ एम इ को बैक खाता नं […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितहरुको उद्धार र राहत कार्यमा सरकारकै साथमा रहेको बताएका छन् । मधेश प्रदेश कमिटीको शपथ ग्रहण कार्यक्रममा ओलीले उद्धार कार्यमा सरकारलाई एमालेले सहयोग गर्ने बताए । ओलीले उद्धार कार्यमा सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह समेत गरे । ‘सरकारले यतिबेला केही गरेझैं देखाउने होइन, गरेर देखाउनुपर्यो । […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प पीडितको राहत र उद्धारमा सहकार्य र हातेमालोका लागि अपिल गरेका छन् । त्यस्तै हाल भूकम्प प्रभावित जिल्लाको निरीक्षणमा रहेका प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज लगायत सबैमा अपिल गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजो राति गएको विनासकारी भूकम्पको क्षति बुझ्न,पीडितका पीडा […]