
Unsku
Rgp1
pku
Rgp
Pbu
Srbpu
Ggp
Lnp
Sgr

Asm
Gst
Pvg
Hal
Bbu
nsb
Bbbpu
Sbs
Rgu
Tsm
Ssm
Wsp
Ksm
Vor
Rsb
Rgu
Ggd
Rgs
Sls

Jmb
bbt
sab
Bml
Ptm
Abd
Pls
Syp
Rmb
Gsb
Rpp
Jmb
Mks
दाङ । आलुमा आत्मनिर्भर बनाउन किसानलाई प्रविधि तालिम आवश्यक रहेको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ।
गढवा गाउँपालिकाको आयोजनामा सुरु भएको दुई दिने प्रविधि तालिमको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। आलु खेतीमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई गढवा गाउँपालिकाले आलु उत्पादनमा ७५ प्रतिशत अनुदान दिएको छ।पालिका स्तरीय बीउ बिजनमा आत्मनिर्भर कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले पालिकाका किसान लाई पचहत्तर प्रतिशत अनुदानमा टिपिएस वियाँ आलु वितरण गरिसकेको छ । वीउ वितरण पश्चात् किसानलाई वीउ उत्पादन गर्न दुई दिने प्रविधि तालिम दिएको छ ।
त्यस्तै गाउँपालिकाले आलुखेती हुने पकेट क्षेत्र वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भयो । निर्वाहका लागि गरिँदै आएको खेती प्रणालीलाई आधुनिकीकरण र व्यावसायिकतातर्फ अगाडि बढाउनका लागि आलु पकेट क्षेत्र निर्धारण गरेर काम थाल्ने गढवा गाउँपालिकालाई आलुमा निर्भर बनाउने अध्यक्ष पोख्रेलले बताउनु भयो ।
गाउँपालिकाले किसानलाई आवश्यकपर्ने आलुको बीउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले विभिन्न कृषि सहकारी,कृषक समूह,कृषि फर्महरुलाई टिपिएस वीउ पचहत्तर प्रतिशत अनुदानमा वितरण गरेको गढवा गाउँपालिका कृषि विकास शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिनुभयो।
त्यस्तै आलु उत्पादन भएपछि सक्नेजति बिक्री वितरण गर्ने र नसकेको गाउँपालिकाले बिक्री वितरणको व्यवस्था मिलाइदिने भएकाले किसान उत्साहित भएर व्यावसायिकतातर्फ आकर्षित भएको गाउँपालिकाले जनाएको छ । यहीँ कार्तिक १७ र १८ गते गढवा गाउँपालिकाले आलु उत्पादन गर्ने कृषकहरुलाई दुई दिने प्रविधि तालिम दिएको हो । गढवा गाउँपालिका भरीका किसानको प्रतिनिधित्व हुने गरी २० जना कृषकहरुलाई आलुको वीउ उत्पादन गर्न उन्नत खेती प्रविधि तथा प्लाष्टिक मल्चिङ्ग प्रविधिबारे सैद्धान्तिक एवं व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।
उक्त तालिममा बरिष्ठ बागबानी बिकास अधिकृत धनराज गौतमले सहजिकरणको भुमिका निर्वाह गर्नु भएको हो। टिपाएस विया आलुबाट वीउ उत्पादन गर्दा झार आउने हुँदा झार व्यवस्थापन, माटोमा चिस्यान कायम राख्ने बिधि,पानीको न्यूनतम उपयोगबाट खेती हुने,जराको बृद्धि तथा विकास कसरी राम्रो हुने र उत्पादनमा कसरी बूद्धि हुने कृषकहरुको निमित्त उत्पादन लागत न्यूनीकरण तथा उत्पादकत्व बृद्धिको उपयुक्त विधि वारे लिखित तथा प्रयोगात्मक विधिबाट तालिम दिईएको अधिकृत धनराज गौतमले जानकारी दिनु भयो।

