
Srbpu
Unsku
pku
Sgr
Pbu
Rgp
Pes
Ggp
Rgp1
sbs
Djs
Gfs
Lnp
cjs

Tsm
Hal
Ssm
Pvg
Bbbpu
Vor
Ggd
Bbu
Ksm
Rgs
Rsb
Sls
Rgu
Rgu
Wsp
Gst
Sbs
Asm
nsb

sab
Rmb
Abd
Jmb
Mks
Pls
Jmb
Rpp
bbt
Gsb
Bml
Syp
Ptm
डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका वडा नम्बर ६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
त्यस्तै मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका-५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।
यस्तै घाइते हुनेमा हिमाली गाउँपालिका- ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका-४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको बोलेरो जिप दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन ।
