
Ggp
pku
Pbu
Unsku
Rgp
Lnp
Sgr
Srbpu
Rgp1

Rgu
Tsm
Gst
Asm
Bbu
Rsb
Rgs
Pvg
Bbbpu
Ggd
Ksm
nsb
Wsp
Hal
Sls
Vor
Ssm
Sbs
Rgu

Jmb
Rpp
sab
Mks
Bml
Rmb
Syp
Pls
Jmb
Ptm
Abd
bbt
Gsb
दाङ । लमहीका समाजसेवी र स्वयंसेवक युवा भुकम्प प्रभावित जिल्ला जाजरकोट तिर राहत सामाग्री बोकेर शनिबार प्रस्थान गरेका छन् ।
भुकम्प प्रभावित क्षेत्रमा उद्धारका सामग्री र राहत उपलब्ध गराउने उदेश्य सहित सात जना युवाहरुको टाेलि जाजरकोट गएका हुन् । राहत लिएर जानेहरुमा लमही निवासी डिल्लीराज खनाल,दिनेश आचार्य,किरण खनाल, सुदिप पाण्डे,गाेविन्द पुलामी,अभिषेक पाेख्रेल, बाबू राेका मगर लगायत ७ जनाले ६ लाख बराबरको राहत सामाग्री लिएर जाजरकोट हिडेकाे टिम लिडर डिल्लीराज खनालले जानकारी दिनु भयो ।
त्यस्तै खाद्यान्नहरुमा चामल, दाल, चिउरा, नुन, तेल सहित लत्ताकपडा लगिएको छ । सो राहत उपलब्ध गराउनेहरुमा लमहीबाट बाबुराम भुसाल, सानुराम खनाल, कमल गिरी लगायत र तुलसीपुरबाट देउराली युनिफमका केसब खनालबाट करिब ३ लाख बराबरको कपडा सहयोग भएको छ । शुक्रबार हिजो राति ११: बजेर ४७ मिनेटमा जाजरकोट केन्द्र बिन्दु बनाएर ६.४ रेक्टरको भुकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु र २०२ जना घाइते भएका छन् भने मृतक र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना रहेको छ । अहिले भुकम्प प्रभावित क्षेत्रमा नेपाली सेना, शस्त्र प्रहरी, नेपाल प्रहरी,विभिन्न संघ,संस्थाहरु उद्धार कार्यमा खटेका छन् ।
