लुम्बिनी प्रदेश सरकारद्वारा भूकम्प प्रभावितका लागि डेढ करोड रुपैयाँ सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका लागि डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनु भयो । उक्त रकम प्रदेश विपद कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ […]

जाजरकोट र रुकुम पश्चिम गरि भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुग्यो,१६६ जना घाइते

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा गरि भूकम्पद्वारा मृत्यु हुनेको संख्या १३८ पुगेको छ । नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । यद्यपि स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ […]

लमही नगरपालिकाद्वारा लमही बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद

दाङ । चाडपर्व नजिकिदै गर्दा लमही नगरपालिकाले लमही बजारको अनुगमनलाई तिब्र पारेको छ । अनुगमनका क्रममा बीस हजार बढिको सामानहरु बरामद गरि नष्ट गरेको छ । लमहीको कान्छी रोडमा रहेको डिके सप्लायर्सले तीन वर्ष अघिनै म्याद गुज्रेका समान बिक्रि गर्दै आएको फेला परेको छ । सप्लायर्सका नाममा पसल संचालन गरि विभिन्न ब्राण्डका भारतिय कम्पनीका मिठाईहरु […]

नेपाल क्रिकेट संघ (क्यान)ले फाइनल खेलको टिकट बिक्रीको आधा रकम भूकम्प पीडितलाई दिने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार हुने नेपाल र ओमानबिचको खेलको टिकट बिक्रीबापत प्राप्त हुने रकमको पचास प्रतिशत रकम भूकम्प पीडितलाई दिने भएको छ । आइसीसी टी–२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत आइतबार नेपाल र ओमानबिच फाइनल खेल हुँदैछ । क्यानले भूकम्पबाट भएको मानवीय तथा संरचनागत क्षतिले आफूलाई अत्यन्त मर्माहत तुल्याएको जनाएको […]

लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा

बुटवल । लुम्बिनी प्रदेशको स्वास्थ्यकर्मी टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ । भूकम्प प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य उपचारमा सहयोग गर्न स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको हो । शनिबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको निर्देशनमा स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्र हिँडेको हो । मुख्यमन्त्री चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा […]

राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोटमा पठायो चिकित्सकको २ टोली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले जाजरकोट भूकम्प पीडितको उद्धार, उपचार र राहतका लागि टोली परिचालन गरेको छ । भूकम्प पीडितको उद्धारका लागि कर्णाली प्रदेशका सभापति र महामन्त्रीसहितको टोली जाजरकोट गएको छ । त्यस्तै केन्द्रीय महामन्त्री डा. मुकुल ढकाल र डा. तोसिमा कार्कीसहित चिकित्सकहरुको दुईवटा टोली उपचारका लागि जाजरकोट तर्फ गएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए […]

नेपाली काङ्ग्रेसद्वारा भूकम्प पीडितलाई ५० लाख दिने निर्णय

काठमाडौं । नेपाली काङ्ग्रेसले भूकम्पको उद्धार,राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट तर्फबाट ५० लाख सहयोग गर्ने निर्णय गरेको छ । शनिबार काङ्ग्रेसका केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति निकालेर सहयोगको घोषणा गरेका हुन् । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिम लगायतका क्षेत्रमा ठूलो […]

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

धनगढी । कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल दुर्घटना हुँदा खडकबहादुर विष्टको मृत्यु भएको हो । त्यस्तै प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरिया कैलालीका अनुसार शुक्रवार राति पहाडदेखि तराइ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकलका चालक डडेलधुराको परशुराम नगरपालिका […]

भूकम्पको पछिल्लो अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १३२ जनाको मृत्यु,१४० घाइते

काठमाडौँ । पश्चिम नेपालमा शुक्रबार राति गएको भूकम्पमा परी हालसम्म १३२ जनाको मृत्यु भएको छ । शनिवार बिहान साढे ९ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९५ र रुकुम पश्चिममा ३७ गरी १३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प गएको […]

नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरियो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज पदबाट राजीनामा दिएका छन् । उनले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् । त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले एमालेको सहमति बेगर गठबन्धन दलहरू माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक एक जना मन्त्री शुक्रबार नियुक्त गरेका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]