
sbs
pku
Djs
Ggp
cjs
Srbpu
Pes
Lnp
Gfs
Sgr
Rgp
Pbu
Unsku
Rgp1

Rgu
Asm
Rsb
Bbbpu
Rgu
Ssm
Tsm
Pvg
Bbu
Sls
Ksm
Gst
Ggd
Sbs
Hal
Rgs
nsb
Vor
Wsp

Rmb
Mks
Rpp
Gsb
Abd
Bml
Pls
Ptm
bbt
Syp
Jmb
sab
Jmb
सल्यान । सल्यानको दार्मा गाउँपालिका वडा नम्बर २ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनाबाट दुई जना समेत घाइते भएका छन् ।
फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार आज दिउँसो करिब १:३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।
त्यस्तै,दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका वडा नम्बर २ भुसखोलाका प्रदीप बिक गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरेर उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएको थियो । तर स्वास्थ्यकर्मीले दिउँसो १:५० बजे मृत घोषणा गरेका थिए ।
यस्तै,दुर्घटनामा ट्याक्टरमा सवार १७ वर्षीय टेकबहादुर बिक र २२ वर्षीय विशाल बिक घाइते भएका छन् । टेकबहादुरको थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको र विशाललाई भने थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
