प्यूठानको स्वर्गद्वारीमा एक तीर्थयात्रीको मृत्यु

प्युठान । प्यूठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीमा एक तीर्थयात्रीको मृत्यु भएको छ । दर्शनका लागि आएका भारत उत्तर प्रदेश, सिद्धार्थनगरका ६५ वर्षीय राजेन्द्र पासी आइतबार राति भिङीकोट नजिक अचेत भई ढलेका थिए । उनलाई तत्काल उपचारका लागि बिजुवार अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश […]

जनमत पार्टीकी प्रदेश सांसद रायमाझी विरुद्ध चेक बाउन्स मुद्दामा पक्राउ पुर्जी जारी

काठमाडौं । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ‘उनी विरुद्ध बैंकिङ कसुरमा पक्राउ […]

जिल्ला ट्राफिक प्रहरी दाङद्वारा विभिन्न वर्कशप तथा सोरुमका सँचालकहरुसंग अन्तरक्रिया

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न वर्कशप तथा सोरुमका सँचालकहरुसंग अन्तरक्रिया गरेको छ । विभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही […]

सांसद मेटमणि चौधरीको चेक प्रकरण:जाहेरी फिर्ताको पत्र आयो

बुटवल । एकीकृत नेकपा समाजवादीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीको चेक अनादर भएको विषयमा जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ आइपुगेको छ । साउन ६ गते चौधरीले रोल्पाका धात बुढा मगरलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकबाट जाहेरी दिएका थिए । तर यस विषयमा […]

गढवाका महिलाहरु लघुवित्त मार्फत उद्यमी बन्दै

दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ धर्मपुरकी सिर्जना चौधरीले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट विनाधितो कर्जा लिएर तरकारी खेति गरेकि छिन् ।ब्यवसायिक तरकारी खेति गरेर घर खर्च मात्र होइन छोराछोरीहरुको पढाई समेत चलाएको उनले बताउछिन् । त्यस्तै लमही नगरपालिका ४ सेम्रहवा निवासी राजी चौधरीले निर्धनकै लघुवित्त मार्फत आवश्यक ऋण लिएर ठूलै किराना पसल संचालन […]

सुनका गहना लुट्न १६ दिनकी सुत्केरी भाउजुको हत्या गर्ने देवर पक्राउ

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–७, कैलाशपुरमा १६ दिनअघि मात्रै शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा फेला परेकी छिन् । तीन दिनअघि बिहानै घरनजिकैको नालीमा उनको शव भेटिएको थियो । शुरुमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले उनको २० वर्षीय देवर नवीन नाथलाई हत्या आरोपमा पक्राउ गरेको छ । घटनाको दिन […]

प्रजातान्त्रिक उद्यमी संघ घोराहीको पाँचौ अधिवेशन विवादपछि स्थगित

दाङ । प्रजातान्त्रिक उद्यमी संघ घोराहीको पाँचौं वार्षिक साधारणसभा तथा अधिवेशनको बन्द सत्रमै विवाद भएपछि अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ। संघको आर्थिक प्रतिवेदनमाथि उठेको विवादले कार्यक्रम प्रभावित भएको हो । आर्थिक विवरण स्पष्ट नभएको र गडबडी भएको भन्दै केही सदस्यहरूले विरोध जनाएपछि कार्यक्रम अघि बढ्न नसकेको संघ स्रोतले जनाएको छ। त्यस्तै उद्घाटन सत्रको […]

गढवामा रोजगार कार्यक्रमबाट २१ बिकास योजनाहरु सम्पन्न

दाङ । गढवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार नागरिकहरुलाई एक सय दिन रोजगार प्रदान गर्ने रोजगार कार्यक्रमबाट चालु आर्थीक बर्षमा मात्रै २१ बिकास योजनाहरु सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रम अन्तर्गत गठन गरिएको रोजगार सम्बाद मञ्चको हालै सम्पन्न एक कार्यक्रममा रोजगार शाखा प्रमुख अशोक कुमार यादवले बर्षभरी गरिएका कार्यक्रम र लागत बजेट सार्वजनिक […]

रास्वपा लमही नगर कमिटीद्वारा सरसफाई र रक्तदान तथा दिपप्रज्वलन कार्यक्रम सम्पन्न

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लमही नगर कमिटीले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा शनिबार विभिन्न कार्यक्रममा गरी मनाएको छ । लमही नगर कमिटीको आयोजनामा शनिबार आज बिहान लमही बसपार्कमा सरसफाई गरेको थियो भने,दिउँसो रक्तदान कार्यक्रम गरेको रास्वपा लमही नगर कमिटीका उपाध्यक्ष अभिषेक पोखरेलले जानकारी दिए । त्यसैगरी लमही बजारमा रहको गोल घर अगाडि बेलुका पार्टीको […]

लुम्बिनी प्रदेशमा बजेटले विवादः संसद बैठक अनिश्चितकालका लागि स्थगित

दाङ । लुम्बिनी प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति सत्ता साझेदार दलहरु र प्रतिपक्षीबिच चर्को असन्तुष्टि बढेको छ । सरकारले घाटा बजेट र टुक्रे आयोजनालाई प्राथमिकता दिएको भन्दै चौतर्फी विरोध भएपछि शनिबारका लागि बोलाइएको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३८ अर्ब […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]