
Unsku
Gfs
Rgp
sbs
Srbpu
Pes
Rgp1
Rmb
Djs
Ggp
Rgp
Gis
Lnp
Sds
cjs
Cps
Pbu
pku
Sgr

Ggd
Sls
Sbs
Ssm
Rgu
Rgu
Gst
Rgs
Bbu
Rsb
Pvg
Ksm
Tsm
Bbbpu
Vor
Hal
Wsp
nsb
Asm

Bml
Ptm
Mks
Abd
Gsb
sab
Syp
Rmb
Jmb
Rpp
bbt
Jmb
Pls
प्यूठान । गौमुखी गाउँपालिका प्यूठान र लमही आँखा अस्पतालको संयूक्त आयोजनामा संचालन गरिएको बृहत आँखा परिक्षण उपचार तथा स्क्रिनिङ शिविरमा सयौं जना प्रत्यक्ष लाभांवित भएका छन् ।
चैत १६ गतेदेखि शुरु भएको शिविर २१ गतेसम्म संचालन भएको थियो । शिविरमा कुल ६ सय ६ जनाले आँखाको चेकजाँच गरेका थिए । त्यसमध्ये ४१ जना व्यक्तिहरु शल्यक्रियाका लागि छनौट भएका थिए । गाउँपालिकाले शल्यक्रिया गर्नेहरुमध्येबाट ३६ जनाको निःशुल्क शल्यक्रिया शिविर स्थल पूँजा स्वास्थ्य चौकीमै गरेको छ ।
लमही आँखा अस्पतालका प्रमुख नेत्र विशेषज्ञ प्रध्यापक डा.प्रदीप बास्तोला सहितको विशेषज्ञ टोलीले विरामीहरुको शल्यक्रिया गरेका थिए । मोतिविन्दुको समस्याले उज्यालो संसार देख्नबाट बञ्चित भएका नागरिकहरु घरदैलोमै संचालन भएको शिविरबाट लाभांवित भएका छन् ।
शिविरमा दृष्टि कमजोर भएका व्यक्तिहरुको दृष्टि सुधार तथा चश्मा वितरण समेत गरिएको गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले जानकारी दिए । आँखा रोगका कारण हुनसक्ने अन्धोपन तथा दृष्टि अपांगतालाई न्यूनीकरण गर्नका लागि गाउँपालिकाले शिविरको आयोजना गरेको रानाले प्रतिक्रिया दिए ।
घरदैलोमा संचालन गरिएको शिविरबाट पालिकाका नागरिकहरुको खर्च समेत जोगिएको छ । शिविर पूँजा स्वास्थ्यचौकी सहित लिवाङ, अर्खा,नारीकोट,खुङ,रजवारा स्वास्थ्यचौकी र मस्टथान सामुदायिक इकाईमा संचालन गरिएको उपाध्यक्ष रानाले जानकारी गराए ।
त्यस्तै उनका अनुसार लिवाङ र अर्खा स्वास्थ्य चौकीमा सात÷सात जना,नारीकोटमा पाँच जना, मस्टथानमा ६ जना, खुङमा १३ जना र रजवारा स्वास्थ्यचौकीमा तीन जना व्यक्तिहरुको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।
आजको पोष्ट
