शिबराज पन्थी/सिधा-पत्र कर्मी आइतबार, आषाढ ०७, २०८२

दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ धर्मपुरकी सिर्जना चौधरीले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट विनाधितो कर्जा लिएर तरकारी खेति गरेकि छिन् ।ब्यवसायिक तरकारी खेति गरेर घर खर्च मात्र होइन छोराछोरीहरुको पढाई समेत चलाएको उनले बताउछिन् । त्यस्तै लमही नगरपालिका ४ सेम्रहवा निवासी राजी चौधरीले निर्धनकै लघुवित्त मार्फत आवश्यक ऋण लिएर ठूलै किराना पसल संचालन गरेर आफू स्वरोजगार र आत्मनिर्भर भएको बताइन् । उनिहरु जस्तै गढवा गाउँपालिका वडा नम्बर ७ कान्छीगाउँ निवासी पार्वति चौधरी पनि सफल तरकारी ब्यवसायी बनेकि छिन् ।

विनाधितो कर्जा पाइन्छ, हामीजस्तो आयश्रोत नभएकाहरुले निर्धनबाट कर्जा लिएर आफ्नै उद्यम ब्यवसाय गरि आफ्नै खुट्टामा उभिन सफल भएका छौं–चौधरीले भनिन् । गढवा स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको आयोजनामा शनिवार गढवामा भएको केन्द्र प्रमुखहरुसंगको कार्यशालामा कर्जा सदुपयोग गरेका धेरै महिलाहरुले केहि न केहि उद्यम ब्यवसाय गरेको बताए ।

२०६२ सालदेखि गढवामा शाखा कार्यालय संचालन गरि लमही,गढवा र राजपुरलाई कार्यक्षेत्र बनाई काम गरेको यस लघुवित्त संस्थामा २ हजार ३ सय ८७ जना अधिकांश महिला सदस्यहरु जोडिनु भएको र १ सय ५२ केन्द्रहरु सञ्चालनमा रहेको गढवा शाखा कार्यालय प्रमुख रुन्नता गौतमले जानकारी दिइन् । यस संस्थाले गढवा शाखा मार्फत् २ हजार ७ सय ६६ घरधुरीलाई १२ करोड ७६ लाख कर्जा लगानी गरेको र १० करोड ६३ लाख बचत कारोवार गरेको उनले बताइन् ।

संस्थामा आवद्ध सदस्यहरु मध्ये १५ जना सुत्केरीहरुलाई पोषण खर्च, १० जना सदस्यहरुलाई विमा क्षतिपूर्ति,२ जना लाई छात्रबृत्ति तथा विपदमा परेका र दिर्घरोगिहरुलाई समेत राहात वितरण गर्ने गरिएको गौतमले बताइन् । निर्धन उत्थान बैंकको नामबाट २०४७ सालमा सुरु भएको यो लघुवित्त संस्था नेपालकै सबैभन्दा पहिलो संस्था रहेको, विनाधितो ऋण लगानी गर्दै नेपालभर ४ लाख सदस्यहरु आवद्ध रहेका र ७७ जिल्लाहरुमा १८५ शाखाहरु सञ्चालनमा आई २६ अर्ब लगानीमा रहेको संस्थाका क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख मिनबहादुर हमालले जानकारी दिए ।

संस्थाका केन्द्रप्रमुख माया चौधरीको अध्यक्षता र गढवा गाउँपालिका ६ नम्बर वडाका अध्यक्ष विरबहादुर आलेको प्रमुख आतिथ्यमा भएको कार्यशालामा बोल्दै कर्जाको सहि सदुपयोग गर्न गराउन संस्थाले नियमित अनुगमन र नियमन गर्नुपर्ने आलेले बताए । लघुवित्तको कर्जा लिएर उद्देश्य बमोजिम काम गरेमा लगानी जोखिममा नपर्ने र किसानहरु पनि उद्यमी बन्न सक्ने उनले सुझाव दिए । कार्यक्रममा संस्थाको गतिविधिका बारेमा नेपालगञ्ज क्षेत्रिय कार्यालय प्रमुख मिन बहादुर हमाल र गढवा शाखा प्रमुख रुन्नता गौतमले कार्यशालाका सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी गोपिलाल चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]