Sidha Patra आइतबार, आषाढ ०७, २०८२

बुटवल । एकीकृत नेकपा समाजवादीका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीको चेक अनादर भएको विषयमा जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ आइपुगेको छ ।

साउन ६ गते चौधरीले रोल्पाका धात बुढा मगरलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेका तर नसाटिएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा हुलाकबाट जाहेरी दिएका थिए । तर यस विषयमा अनुसन्धान गरिहरेका वेला आइतबार दिउँसो हुलाकबाट चेक अनादरको जाहेरी फिर्ताको पत्र आएको प्रहरीले जानकारी दिएको हो ।

दाङ प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले आइतबार दिउँसो अर्को पत्र हुलाकबाट आएको पुष्टि गरे । भने, ‘हामीले जाहेरी दिने व्यक्तिलाई रकमको स्रोत उल्लेख गर्न बोलाएका थियौँ, तर उहाँ आउनुभएन,अहिले फेरि अर्को पत्र फिर्ताका लागि आएको छ ।’ साउन ६ गते चौधरीविरुद्ध जाहेरी आएपछि बुढा मगरलाई प्रहरीले रकमको स्रोत उल्लेख गर्न पटक–पटक ताकेता गरेको थियो । तर उनी प्रहरीसमक्ष पुगेनन् । तर आइतबार दिउँसो जाहेरी फिर्ताको अर्को पत्र आएपछि प्रहरीलाई हाईसञ्चो भएको हो ।

त्यस्तै चौधरीले बुढा मगरलाई एभरेस्ट बैङ्कको खाताबाट २०८१ पुस २६ गते चेक हस्ताक्षर गरेर दिएका थिए । तर उक्त चेकमा चौधरीको हस्ताक्षर फरक परेको थियो । तीन पटकसम्म चेक नसाटिएपछि बुढा मगरले बैकिङ नियमअनुसार चेक बाउन्सको सात दिनको सूचना निकाल्न निवेदन दिएका थिए । उनले सांसद चौधरी विरुद्ध प्रहरीमा उजुरी समेत दिएका थिए । हुलाकमार्फत उजुरी आएपछि दाङ प्रहरी कानुनी परामर्शमा जुटेको पनि थियो । तर आज जाहेरी फिर्ताको पत्र आएपछि केसले नयाँ मोड लिएको हो ।

यस्तै यस सम्बन्धमा प्रतिक्रिया लिन सांसद चौधरीसँग पटक–पटक गरिएको प्रयास सफल हुन सकेन । यस्तै पुख्र्यौली घर रोल्पा भएपनि हाल घोराहीमा बसेर निर्माण व्यवसायीको काम गरिरहेका बुढा मगरको मोबाइल नम्बरमा फोन गर्दा पनि उठेन । रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र ओली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी,खडग ओली, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल

सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]