
Ggp
Ggp
Dbs
Lks
Asb
Pbu
Rgp
Sgp
ksb
Lnp
Rgp
Rgp
lnp
Jns
Rgp
Dus
Usb


दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विभिन्न वर्कशप तथा सोरुमका सँचालकहरुसंग अन्तरक्रिया गरेको छ ।
विभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही क्षेत्रका विभिन्न सवारी साधनहरुका वर्कशप तथा सो-रुमका सँचालकहरुसंग अन्तरक्रिया गरिएको हो ।
जिल्ला भएर गुड्ने सवारी साधनहरुको ट्राफिक प्रहरी कार्यालय दाङको अनुरोधमा सवारी मेकानिकल चेकजाँचका लागी सहयोग गर्ने, सवारी साधनहरुको स्वरुप परिवर्तन नगर्ने, कोहि कसैले बलजफ्ती गरेमा प्रहरीलाई जानकारी गराउने, चोरीका सवारी साधनहरु,सवारी दुर्घटना भएर आएका सवारी साधनहरु तथा मर्मत गर्न आउदा सवारी दर्ता किताब,परिचय खुल्ने कागजातहरु राख्नुका साथै शँकास्पद देखिएमा ट्राफिक प्रहरी/ प्रहरीलाई जानकारी गराउने र मेकानिक्सहरुले सवारी मर्मत गरि सके पश्चात चेकजाँच गर्दा हेलमेट लगाउने,कम गतीमा चलाउने र मुख्य सडकमा सवारी नचलाउने लगायतका विभिन्न बुदाहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बमले जानकारी दिए ।
