Sidha Patra आइतबार, आषाढ ०७, २०८२

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–७, कैलाशपुरमा १६ दिनअघि मात्रै शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा फेला परेकी छिन् ।

तीन दिनअघि बिहानै घरनजिकैको नालीमा उनको शव भेटिएको थियो । शुरुमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले उनको २० वर्षीय देवर नवीन नाथलाई हत्या आरोपमा पक्राउ गरेको छ । घटनाको दिन तुलसीले शिशुलाई खोप लगाएर फर्केपछि खानामा भाग थोरै पर्‍यो भनेर गुनासो गरेकी थिइन् । साँझ उनले देवरसँगै खाना खाइन्। राति सबै सुतिसकेपछि नवीनले कोठामा सुतिरहेकी तुलसीको मुख च्यापेर हत्या गरेको प्रहरीको भनाइ छ।

त्यस्तै हत्यापछि नवीनले उनको कानका सुनका रिङ र खुट्टाको चाँदीको औँठी निकालेर शवलाई नालीमा फालेका थिए। हराएको गहना नवीनले गिट्टीमा लुकाएर राखेको अवस्थामा फेला पारेपछि उनले अपराध स्वीकारेका छन् । प्रहरीले परिवारभित्रको आर्थिक असन्तोष र मनमुटाव हत्या पछाडि रहेको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]