
Gisld
Mbdvs
Pbu
Sds
Rbs
mbd

Bbu
Bbbpu
Rgs
Ksm
Wsp
Rgu
Rgu
Hal
Sbs
Tsm
Gst
Vor
Ggd
Sls
nsb
Asm
Rsb
Pvg
Ssm

bbt
Pls
Mks
Rmb
Gsb
Rpp
sab
Jmb
Abd
Jmb
Bml
Syp
Ptm
धनगढी । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर–७, कैलाशपुरमा १६ दिनअघि मात्रै शिशु जन्माएकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा फेला परेकी छिन् ।
तीन दिनअघि बिहानै घरनजिकैको नालीमा उनको शव भेटिएको थियो । शुरुमा रहस्यमय देखिएको घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले उनको २० वर्षीय देवर नवीन नाथलाई हत्या आरोपमा पक्राउ गरेको छ । घटनाको दिन तुलसीले शिशुलाई खोप लगाएर फर्केपछि खानामा भाग थोरै पर्यो भनेर गुनासो गरेकी थिइन् । साँझ उनले देवरसँगै खाना खाइन्। राति सबै सुतिसकेपछि नवीनले कोठामा सुतिरहेकी तुलसीको मुख च्यापेर हत्या गरेको प्रहरीको भनाइ छ।
त्यस्तै हत्यापछि नवीनले उनको कानका सुनका रिङ र खुट्टाको चाँदीको औँठी निकालेर शवलाई नालीमा फालेका थिए। हराएको गहना नवीनले गिट्टीमा लुकाएर राखेको अवस्थामा फेला पारेपछि उनले अपराध स्वीकारेका छन् । प्रहरीले परिवारभित्रको आर्थिक असन्तोष र मनमुटाव हत्या पछाडि रहेको बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
