
Sdc
Snmbs
Mbf
snmbs
Gesld
Ges
Amb
Snmbs
rgs
dpm
Dpm
Pbu
Dbc


दाङ । प्रजातान्त्रिक उद्यमी संघ घोराहीको पाँचौं वार्षिक साधारणसभा तथा अधिवेशनको बन्द सत्रमै विवाद भएपछि अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।
संघको आर्थिक प्रतिवेदनमाथि उठेको विवादले कार्यक्रम प्रभावित भएको हो । आर्थिक विवरण स्पष्ट नभएको र गडबडी भएको भन्दै केही सदस्यहरूले विरोध जनाएपछि कार्यक्रम अघि बढ्न नसकेको संघ स्रोतले जनाएको छ।
त्यस्तै उद्घाटन सत्रको कार्यक्रम सकेर बन्द सत्रमा प्रतिवेदनमाथि विवाद चर्किएपछि कार्यक्रम तत्काल स्थगन गर्ने निर्णय गरिएको हो । साधारणसभा तथा अधिवेशन शनिबार घोराहीमा आयोजना गरिएको थियो।
