
Ksb
Ksb
Gsb
Ssb
jsb
Ssb
Bsn
Ksb
Nsb
Usb
Fmb
Csb
Rks
Tgp
Ppu
Rsb

Tsb
Hl1
Ssb
Usb
Gsb

ptl
Rgu
Nps
प्युठान । प्यूठानको प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारीमा एक तीर्थयात्रीको मृत्यु भएको छ । दर्शनका लागि आएका भारत उत्तर प्रदेश, सिद्धार्थनगरका ६५ वर्षीय राजेन्द्र पासी आइतबार राति भिङीकोट नजिक अचेत भई ढलेका थिए ।
उनलाई तत्काल उपचारका लागि बिजुवार अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले जानकारी दिए ।
त्यस्तै पासी मुटुसम्बन्धी औषधी सेवन गर्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । मृतकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
