
Pbu
Djs
Sgr
Pes
Rgp1
Gfs
sbs
Srbpu
Unsku
cjs
Rgp
Ggp
Lnp
pku

Sbs
Pvg
Rsb
Sls
Bbu
Ssm
Rgu
Ggd
Asm
Rgu
nsb
Rgs
Hal
Gst
Vor
Ksm
Bbbpu
Tsm
Wsp

Syp
Jmb
sab
Ptm
Rmb
Pls
Bml
Rpp
Mks
bbt
Gsb
Abd
Jmb
काठमाडौं । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझी विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । ‘उनी विरुद्ध बैंकिङ कसुरमा पक्राउ पुर्जी जारी भएको छ । हामी कानूनी प्रक्रिया अघि बढाउँदैछौं।’ पर्सा प्रहरीका एक अधिकृतले भने । उनी विरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन् ।
यस्तै २ लाख ७५ हजार रुपैयाँ सापटी लगेको र लामो समयसम्म नतिरेपछि पटक–पटक माग्दा चेक दिएको तर रकम नभएको भन्दै चेक बाउन्स भएको उल्लेख चौहानले दिएको उजुरीमा छ । रायमाझीले एभरेष्ट बैंकको चेकमा २ लाख ७५ हजार रुपैयाा उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएको भन्दै चेक बाउन्स भएको थियो । बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएकी सांसद रायमाझीलाई सम्पर्क गर्न खोज्दा भने उनको मोबाइल नम्बरमा सम्पर्क हुन सकेन ।
यता, जनमत पार्टीका प्रवक्ता डा. शरद सिंह यादवले भने उनको व्यक्तिगत लेनदेनको विषय भएकाले पार्टीमा यसबारे कुनै औपचारिक छलफल नभएको बताए । ‘ पक्राउ पुर्जी जारी भएको भन्ने सुनेका हौं । यो उहाँको व्यक्तिगत हरहिसाबको कुरा भयो । यसमा पार्टीको कुनै विषय जोडिएको छैन।’ यादवले भने । पक्राउ पुर्जी जारी भएकी रायमाझी समानुपातिकतर्फबाट सांसद बनेकी थिइन् ।
त्यस्तै यसअघि उनी जसपाबाट सांसद बनेकी थिइन् । उनी एमालेका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलका पालामा भौतिक पूर्वाधार विकास राज्य मन्त्री भएकी थिइन् । माओवादी केन्द्रका मुख्यमन्त्री कुलप्रसाद केसीको मन्त्रीपरिषद्मा उनी कृषि मन्त्री बनेकी थिइन् । अनलाइनखबर
