
Pbu
Dus
ksb
Asb
Lks
lnp
Lnp
Dbs
Ggp
Rgp
Jns
Rgp
Rgp
Sgp
Usb
Rgp
Ggp
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर–८ बिजौरीमा जेष्ठ नागरिक भवनको आइतबार शिलान्यास गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । जेष्ठ नागरिकका लागि सम्मान,सेवा र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त भवन निर्माण गर्न लागिएको हो । अध्यक्ष विष्टको पहलमा लुम्बिनी प्रदेश सरकारको करिब १२ लाख […]
रुपन्देही । राष्ट्रिय सभा लागि लुम्बिनी प्रदेशमा शतप्रतिशत मत खसेको छ । आइतबार दिउँसो ३ बजेसम्मको समयावधिमा उक्त संख्यामा मत खसेको हो । प्रदेश सभा सदस्यतर्फ ३० महिला र ४८ पुरुष गरी ७८ जनाले मतदान गरेका छन् । त्यस्तै स्थानीय तह तर्फ ८५ महिला र १२३ पुरुष गरी २०८ मत खसेको छ । निर्वाचन कार्यालयले […]
दाङ । लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ति मगरले नेपाली छोराछोरीहरुलाई विदेशको मोह त्याग्न आग्रह गरेका छन् । देउखुरीको लमही स्थित रोजि बर्डस वालबाटीका माध्यमिक विद्यालयको शनिवार आयोजित रजत जयन्ती तथा २५ औं बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै घर्तिले यस्तो बताएका हुन् । निजी क्षेत्रको माध्यमबाट शिक्षा क्षेत्रमा ठूलो योगदान पुगेको भन्दै सभामुख घर्तीले संघिय शिक्षा […]
दाङ । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार प्रदेशमा तीन सिटका लागि आठ जना बिच प्रतिष्पर्धा हुँदैछ । जसमा नेपाली कांग्रेसबाट दुई जना, नेकपा एमालेबाट एक जना, नेपाली कम्युनिस्ट पार्टीबाट तीन जना र राष्ट्रिय जनमोर्चाबाट दुई जना उम्मेदवार रहेका छन् । राष्ट्रिय सभा निर्वाचनमा […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी भ्यान चलाउने डाईभर एकजना प्रहरी जवानले आत्महत्या गरेका छन् । त्यस्तै आत्महत्या गर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर निवासी हरी जिसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरी जवान जिसी माघ ८ गते मंगलबार जिल्ला प्रहरी कार्यालय दाङको बिहानको डिउटी सकेर स्कुटी लिएर निस्किएको […]
दाङ । उमेरले ३० देखि ५५ बर्ष सम्मका आमा र हजुरआमाहरु फूटवल खेलमा भेष्ट र हापपाइण्ट लगाएर प्रतिस्पर्धा गर्न तम्सिएकी छिन् । कति बस्ने चुलो र चौकोमा–आऊ रमाउ खेलमा भन्ने मुल नाराका साथ क्रेयटिङ पोसिबिलीटिज नेपालले (सिपी नेपालले) माघ ८ देखि गढवा गाउँपालिकामा सुरु गरेको देउखुरी स्तरीय महिला फूटवल प्रगियोतामा आमा र हजुरआमा समूहका महिलाहरु […]
दाङ । देउखुरीको लमही नगरपालिका भित्र रहेका टोल विकास संस्थाको काम, कर्तव्य र अधिकारका विषयमा स्पष्टता ल्याउने उद्देश्यसहित टोल विकास समितिहरुसँग अन्तरक्रिया कार्यक्रम शनिबार आज सम्पन्न भएको छ । कार्यक्रममा लमही नगरपालिकाको आर्थिक ऐन २०८२ मा गरिएको संशोधन,टोलको सरसफाइ व्यवस्थापन तथा टोल विकास संस्थाको लेखापरीक्षण र नवीकरणसम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा […]
दाङ । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कुलप्रसाद केसी नेपाली कम्युनिस्ट पार्टीबाट निस्कासित भएका छन् । केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो । नमानेपछि केसीलाई पार्टीले निस्कासन गरिदिएको हो । केसी पार्टीबाट टिकटका आकांक्षी थिए । पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका केसीले स्वतन्त्र उम्मेदवारी दिएका […]
डोल्पा । डोल्पामा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेका दिल बहादुर विष्ट नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि माघ ६ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका विष्टले शनिबार नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन् । त्यस्तै उनलाई नेपाली काङ्ग्रेसका सहमहामन्त्री एवं काङ्ग्रेसबाट उम्मेदवारी दर्ता […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नरही संस्कार, नैतिकता र जीवनोपयोगी ज्ञानसँग जोडिनुपर्ने बताएका छन् । राप्ती गाउँपालिका–६ पत्थरगढवामा रहेको ज्ञानेदय माध्यमिक विद्यालयमा बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुक्रबार नवनिर्मित सरस्वती देवीको मन्दिर उद्घाटन तथा मूर्ति स्थापना कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष विष्टले धार्मिक तथा सांस्कृतिक संरचनाले […]