
Lks
Rgp
Ggp
ksb
Jns
Asb
Sgp
Rgp
Lnp
Ggp
Rgp
Usb
Rgp
lnp
Dus

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर–८ बिजौरीमा जेष्ठ नागरिक भवनको आइतबार शिलान्यास गरिएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले एक कार्यक्रमका बीच भवनको शिलान्यास गरेका हुन् । जेष्ठ नागरिकका लागि सम्मान,सेवा र सहज वातावरण उपलब्ध गराउने उद्देश्यले उक्त भवन निर्माण गर्न लागिएको हो । अध्यक्ष विष्टको पहलमा लुम्बिनी प्रदेश सरकारको करिब १२ लाख रुपैयाँ लागतमा भवन निर्माण हुन लागेको जनाइएको छ ।
भवन निर्माणको जिम्मा देउखुरी कन्स्ट्रक्शन काठमाडौंले पाएको छ ।
त्यस्तै निर्माण सम्पन्न भएपछि जेष्ठ नागरिकहरूको भेला, छलफल तथा विभिन्न सामाजिक गतिविधिका लागि भवन उपयोगी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि,समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।
