
Sds
Gisld
Pbu
Mbdvs
mbd
Rbs

Rgu
Asm
Ggd
Hal
Sbs
Ksm
nsb
Bbbpu
Pvg
Gst
Wsp
Rgs
Rgu
Vor
Ssm
Bbu
Tsm
Rsb
Sls

Rpp
Jmb
Abd
Bml
Jmb
bbt
Mks
Rmb
Pls
Syp
Ptm
Gsb
sab
दाङ । देउखुरीको गढवा गाउँपालिका मा भूमिहीन कृषकलाई लक्षित गरी मौरीपालन सम्बन्धी तालिम दिईएको छ।
गढवा गाउँपालिकाको कार्यालय र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (CSRC)को समन्वयमा आयोजित मौरीपालन तालिम पश्चात भूमिहिन किसानलाई व्यवसायिक रुपमा मौरीपालन व्यवसाय लाग्न जोड दिईएको छ।
शुक्रबार गढवा गाउँपालिकाको सभाहलमा समापन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाले आत्मनिर्भरका लागि भूमिहिन किसानहरुले व्यवसायिक रुपमा मौरीपालन व्यवसाय सञ्चालन गर्न जोड दिए । मौरीपालन तालिम संगै महिला शसक्तिकरणको क्षेत्रमा यो तालिमले उदाहरणीय बनेको बताए ।
त्यस्तै अगाडि आएर बोल्न नसक्ने दिदिबहिनीहरु निर्धक्कका साथ अगाडि आएर बोलेको देख्दा आफू अत्यन्त खुसी भएको बताउदै वडाध्यक्ष थापाले तालिम मार्फत मौरीपालनको ज्ञान संगै शशक्तिकरणको विकास भएको बताए । तालिमले केवल एउटा क्षेत्रमा मात्र होइन विविध क्षेत्रमा सफलता दिएको बताउनुभयो।बाटोघाटो बन्नु मात्र विकास नभएको बताउदै वडाध्यक्ष थापाले मानव विकास सबैभन्दा पहिलो विकास भएको बताए ।
UN‑Habitat Nepal र Good Neighbours International Nepal को आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा गढवा र राप्ती गाउँपालिकाका गरी ५० जना भूमिहीन महिला तथा पुरुष कृषकहरुको सहभागीता रहेको थियो।
तालिमका प्रशिक्षक तथा मौरी विज्ञ रुद्रमणी पौडेलले तालिममा मौरीपालनका सैद्धान्तिक विषयसँगै बढी प्रयोगात्मक अभ्यास मा बढी जोड दिएको बताए । सहभागीलाई मौरी पालन, घार सार्ने तरिका,मह सङ्कलन तथा विषादीबाट मौरीलाई जोगाउने उपायबारे प्रशिक्षण दिईएको जानकारी दिए ।
गुड नेबर्स ईन्टरनेस्नल र संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम UN-Habitat Nepal को प्रविधिक तथा आर्थिक सहयोगमा सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र गढवा गाउँपालिकाको आयोजनामा गढवा र राप्तीका ५० जना भूमीहिन कृषकहरुका लागि मौरीपालन तालिम दिईएको सामुदायिक आत्मनिर्भर सेवा केन्द्रकी जलवायु मैत्री कृषि संयोजक निलम त्रिपाठीले जानकारी दिए ।
गढवा गाउँपालिका वडा नम्बर ५ को ठूलीचौर भूमि अधिकार मञ्चकी बिमला बिक, डाँडागाउँ भूमि अधिकार कृषक समूहकी सुष्मिता चौधरी र राप्ती गाउँपालिका कालापानी भूमि अधिकार कृषक समूहकी बेलमति चौधरीले तालिम अवधिभर सिकेका ज्ञान सिप र आगामी दिनमा आवस्यक पर्ने थप तालिम लगायतका वारेमा बोलेका थिए ।
तालिममा गढवा गाउँपालिका वडा नम्बर ५ को ठूलीचौर भूमि अधिकार मञ्चका २४ जना, डाँडागाउँ भूमि अधिकार कृषक समूहका १५ जना तथा राप्ती गाउँपालिका कालापानी भूमि अधिकार कृषक समूहका ११ जना गरी ५० जना सहभागी भएका थिए ।
गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५ नम्बर वडा सदस्य खिमा डांगी, कृषि विकास शाखाकी अधिकृत निहारिका चौधरी, सहायक प्रशिक्षक अशोक शर्मा गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण कृषि प्राविधिक सागर शर्माले गरेका थिए ।

