
Ddhbs
gms
Bksbus5
Gsl
Nssbus7
Gsbus
Csbus
Ssbus
Ratbs
dsbus
Pbu
Amb
Jsbus
Rbs

nsb
Pvg
Asm
Ssm
Bbu
Ggd
Wsp
Tsm
Sls
Bbbpu
Vor
Rsb
Rgu
Sbs
Ksm
Rgs
Hal
Gst
Rgu

Pls
sab
Jmb
Ptm
Abd
Gsb
Jmb
Syp
Rpp
Bml
Rmb
bbt
Mks
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षा पाठ्यपुस्तकमा मात्र सीमित नरही संस्कार, नैतिकता र जीवनोपयोगी ज्ञानसँग जोडिनुपर्ने बताएका छन् ।
राप्ती गाउँपालिका–६ पत्थरगढवामा रहेको ज्ञानेदय माध्यमिक विद्यालयमा बसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुक्रबार नवनिर्मित सरस्वती देवीको मन्दिर उद्घाटन तथा मूर्ति स्थापना कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अध्यक्ष विष्टले धार्मिक तथा सांस्कृतिक संरचनाले विद्यार्थीहरुमा अनुशासन,सकारात्मक सोच र सिर्जनशीलता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उहाँले विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्दै शैक्षिक पूर्वाधार विकाससँगै नैतिक मूल्य, संस्कार र सकारात्मक शैक्षिक वातावरण निर्माणमा जोड दिनुपर्ने बताए ।
राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुमार चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलापति चाैधरीले नवनिर्मित सरस्वती मन्दिरले विद्यार्थीहरुमा ज्ञानप्रतिको सम्मान र अध्ययनप्रतिको लगनशीलता अभिवृद्धि गर्ने उल्लेख गर्दै विद्यालय,अभिभावक र समुदायबीचको सहकार्यबाट मात्र शिक्षाको गुणस्तर सुधार सम्भव हुने बताए ।
विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरेका अनुसार विद्यालयको आन्तरिक स्रोत,शिक्षक, कर्मचारी तथा शिक्षा प्रेमी सहयोगदाताहरूको सहयोगमा करिब ४ लाख ६५ हजार रुपैयाँको लागतमा मन्दिर निर्माण तथा सरस्वती देवीको मूर्ति स्थापना गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका प्रतिनिधि, शिक्षा प्रेमी,शिक्षक, अभिभावक तथा विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
