शिवराज पन्थी÷राधेश्याम गुप्ता आइतबार, माघ ११, २०८२

दाङ । लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ति मगरले नेपाली छोराछोरीहरुलाई विदेशको मोह त्याग्न आग्रह गरेका छन् ।

देउखुरीको लमही स्थित रोजि बर्डस वालबाटीका माध्यमिक विद्यालयको शनिवार आयोजित रजत जयन्ती तथा २५ औं बार्षिकोत्सव समारोहलाई संबोधन गर्दै घर्तिले यस्तो बताएका हुन् । निजी क्षेत्रको माध्यमबाट शिक्षा क्षेत्रमा ठूलो योगदान पुगेको भन्दै सभामुख घर्तीले संघिय शिक्षा ऐन नआउदासम्म निजी बिद्यालयहरुलाई केहि जटिलता रहेको औंल्याए ।

नेपाली शिक्षाको मोडेल ब्यवहारीक नभएर अमेरिकी मोडेलको भएकोल अधिकांश बिद्यार्थीहरु १२ पास गरेपछि बिदेशमा जाने चिन्तन गर्नेगरेको उनले बताए । चिन र जापानको जस्तो ब्यवहारीक शिक्षा लागु भएमा मात्र नेपाली नागरिकहरुलाई स्वदेशको मोह बढ्ने र शिक्षा जिवनउपयोगी हुने उनले बताए ।

आजका बिद्यार्थीहरु शिक्षीत संगै ज्ञानी बन्न आवश्यक छ । आजको शिक्षाले विदेशमोह मात्र ल्याएको छ । विदेशको पारखी बन्दा देशभक्तिपूर्ण ब्यवहार र मान्यता सबै हराएर गै रहेको छ–घर्तीले भने आजका राजनेताहरुमा पनि पृथ्वीनारायण शाहको जस्तो देशभक्तिपुर्ण भावना छैन ।बिद्यालयका अध्यक्ष नारायण आचार्यको अध्यक्षता र सभामुख घर्तिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिनिधीसभा दाङ क्षेत्र नम्बर १ का पूर्व सांसद मेटमणि चौधरी,लुम्बनी प्रदेशका पूर्व सांसद रेवतीरमण शर्मा,विद्यालयका संस्थापक अध्यक्ष तथा लमही नगरपालिकाका संस्थापक मेयर कुलबहादुर केसी,प्याब्सन दाङ जिल्लाका अध्यक्ष निर्मल न्यौपाने,पूर्व अध्यक्ष विनयकुमार मिश्रा,बिद्यार्थीहरु निर्मला घिमिरे,निरज रसाइली र प्रो आले लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

सो अवसरमा विद्यालयका पुर्व अध्यक्षहरु,पुर्व शिक्षकहरु,पुर्व उत्कृष्ट बिद्यार्थीहरु तथा शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान दिने सामाजिक देउखुरीका संघसंस्थाहरुलाई सम्मान गरिएको थियो भने बर्षधरीको पठनपाठन,अतिरिक्त कृयाकलाप र यसबर्षको एसइईको नतिजामा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा बिद्यालयको संस्थागत प्रतिवेदन र भावि योजनाका बारेमा प्रिन्सीपल बसन्त न्यौपानेले प्रतिवेदन पेश गरेका थिए । बिद्यालयका सहायक प्रिन्सीपल हुमनाथ रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको सञ्चालन बिद्यालयका परिक्षा संयोजक,कृष्ण घिमिरे र प्लस टु कोडिनेटर पुर्ण वलीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]