
Ggp
Lnp
Rgp
Pbu
Ggp
Rgp
Rgp
ksb
lnp
Lks
Dbs
Usb
Rgp
Sgp
Dus
Asb
Jns
काठमाडौं । आजदेखि शहीद सप्ताह सुरु भएको छ । देश र नागरिकको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह मनाउने गरिन्छ । शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राण दण्ड दिइएको ठाउँ काठमाडौंको टेकुमा शास्त्रीको शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरेर […]
काठमाडौं । देशका पश्चिमी क्षेत्रको केही ठाउँमा हल्का वर्षा र हिमपात भइरहेको छ । गण्डकीदेखि पश्चिमका केही ठाउँमा हिजो बेलुकीदेखि हल्का वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हुम्ला, जुम्ला, दार्चुला, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा हिमपात भएको हो । गएको भदौदेखि पानी नपरेको हुम्लामा वर्षा भएसँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर-२ बाट आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् । उनले आज आफूनिकटका केही नेतासँग छलफल गरेपछि फिर्ता लिने निर्णयमा पुगेका हुन् । प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका उनले फिर्ता लिने निर्णय गरेको कुरा सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै जानकारी दिएका हुन् । यस्तै भट्टराई यसअघि […]
दाङ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी समिति जिल्ला दाङ क्षेत्रीय समिति देउखुरीले गढवा गाउँपालिका वडा नम्बर २ पचहियामा रहेको रात्रि प्राथमिक विद्यालयमा पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री वितरण गरेको छ ।समितिले १३ औं राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पुजाको अवसरमा उक्त पाठ्यपुस्तक तथा स्टेसनरी सामग्री एक कार्यक्रमका बीच शुक्रबार आज वितरण गरेको हो । नेपाल […]
दाङ । घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीलाई भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालिन समयमा बाँकेको मालपोत अधिकृत हुँदा केसीले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको हो । केसीसंग २२ लाख ४२ हजार ७ सय २० बिगो माग दावि गरिएको छ । अख्तियारले केसीसहित ९ जनाविरुद्ध सरकारी […]
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी देशभर मनाइँदैछ । त्यस्तै वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने […]
काठमाडौं । आज नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । उपसभापति पुष्पा भुसालले सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेर फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिन बैठक बोलाइएको जानकारी दिइन् । त्यस्तै गत पुस […]
दाङ । कुलपानी सामुदायिक वनको आयोजनामा समूहका महिलाहरुसंग अभिमुखीकरण गोष्ठी बिहिवारदेखि सुरु गरेको छ । सामुदायिक वन समूहको पर्यावरण विकास तथा वन संरक्षण सम्बर्द्धन र सदुपयोग सम्बन्धि वन क्षेत्रसंग जोडिएका बडहरा पत्रिङ्गा टोलको महिलाहरुसंग एक दिने अभिमुखीकरण गोष्ठी गरिएको हो ।समूहका ३३ जना महिलाहरुको सहभागितामा सुरु भएको गोष्ठी कार्यक्रममा समूहका महिलाले निम्न विषयवस्तुमा केन्द्रित रहेर […]
बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको म१त १०१३ नम्बरको ट्याक्टर आज बिहान साडे ९ बजेको समयमा पाटन नगरपालिका वडा नम्बर -८ को अनारखोलिमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान भएको छैन । यस्तै दुर्घटनामा ३ जना घाइते भएको खोड्पे प्रहरी […]
दाङ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मानवीय चेतनाको विकास बिना भौतिक विकास अधुरो रहने बताउनुभएको छ। बुधबार जिल्ला समन्वय समिति दाङको आयोजनामा घोराहीमा सम्पन्न “सहयोगापेक्षी सडक आश्रित मानवमुक्त दाङ जिल्ला ऐतिहासिक घोषणा” कार्यक्रममा बोल्दै उनले समाजको विकासका लागि सडक,भवन वा अन्य भौतिक संरचना मात्र पर्याप्त नभएको उल्लेख गरे । जनमानस र चेतनाको विकास पनि […]