
Rgp
pku
Djs
Pbu
Rgp1
Sgr
cjs
Unsku
Gfs
Lnp
Pes
Ggp
Ses
Srbpu

Vor
Asm
Ssm
Rgs
nsb
Wsp
Hal
Ggd
Sls
Rgu
Bbu
Bbbpu
Tsm
Ksm
Pvg
Rsb
Gst
Sbs
Rgu

Bml
Abd
bbt
Rmb
sab
Jmb
Gsb
Jmb
Rpp
Mks
Pls
Syp
Ptm
दाङ । उमेरले ३० देखि ५५ बर्ष सम्मका आमा र हजुरआमाहरु फूटवल खेलमा भेष्ट र हापपाइण्ट लगाएर प्रतिस्पर्धा गर्न तम्सिएकी छिन् । कति बस्ने चुलो र चौकोमा–आऊ रमाउ खेलमा भन्ने मुल नाराका साथ क्रेयटिङ पोसिबिलीटिज नेपालले (सिपी नेपालले) माघ ८ देखि गढवा गाउँपालिकामा सुरु गरेको देउखुरी स्तरीय महिला फूटवल प्रगियोतामा आमा र हजुरआमा समूहका महिलाहरु खेलेर रमाएका छन् ।
गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुरकी ५३ बर्षिय हजुरआमा हिरामोती चौधरीले आफ्नो टिमले २ वटा टिमलाई फुटवलमा जितेर सेमि फाइनलमा आएको र यो लढाई पनि जित्ने अठोट लिएको बताउछिन । उनि जस्तै दुवै टिमलाई जितेर फाइनल खेलमा आएकाी गढवा ६ आँटीपाकरकी गिता चौधरी र ५१ बर्षिय सिता कुमारी चौधरीले पनि फूटवल खेलेर प्रथम बन्ने आँट गरेकी छिन् तर सिबडम्बना २ वटा टिमलाई जितेपनि तेश्रो पटकको सेमिफाइनल जित्न कठिन भएकबो उनिहरुले बताए । उनिहरु जस्तै ६० जना आमा र हजुरआमा हरु तिन दिन सम्म फूटवलमा रमाए भने झण्डै ३ सयको हाराहारीमा रहेका आमा समूहका महिला दिदीवहिनीहरु अन्य खेलकुदको प्रतिष्पर्धा गर्दै खेलकै मोहमा रमाए । आमा र हजुरआमाहरुको यो खेल मोहले उपस्थित दर्शक दिर्घालाई रनभुल्ल पारेको छ ।
सिपि नेपालका अध्यक्ष जुनु चौधरीको अध्यक्षता र जिल्ला समन्वय समितिका अध्यक्ष नित्यानन्द शर्माको प्रमुख आतिथ्यमा ३ दिन अगाडीदेखि सञ्चालन गरिएको महिला खेलकुद कार्यक्रमको एक समारोहका विच शनिवार समापन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माले बर्षदिनको माघमा खेलमा रमाउने महिलाहरु र आयोजकलाई धन्यवाद दिदै खेलको माध्यमबाट शारीरिक र मानसिक विकासका लागि निकै फाइदा पुग्ने बताए । मानिस स्वस्थ्य भयोभने मात्र स्वस्थ्य समाजको निर्माण हुन्छ,खेलले मानव स्वास्थ्यलाई निकै फाइदा दिन्छ–शर्माले भने ।
कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रल,उपाध्यक्ष शारदा चौधरी, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिका वडा नम्बर ६ र ५ का वडा अध्यक्षहरु बिरबहादुर आले मगर र लेखबहादुर थापा,सिपी नेपालका महासचिव मन्दशिखर बन्धोपाध्य, हर इण्टरनेशनल क्यानडाका अध्यक्ष केबिन, देउखुरी सामुदायिक पुस्तकालयका अध्यक्ष दुखहरण यादव लगायतले बोलेका थिए । संस्थाका कर्मचारी दिपा चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला संयोजक सरिता चौधरीले गरेकि थिइन् ।

