
Rbs
Gisld
Pbu
mbd
Mbdvs
Sds

Sls
Hal
Ksm
Rgu
Rsb
Tsm
Sbs
Gst
Bbbpu
Ggd
Rgu
Pvg
nsb
Rgs
Ssm
Bbu
Asm
Wsp
Vor

Bml
Jmb
Pls
bbt
Jmb
Mks
Rpp
Syp
Ptm
sab
Abd
Gsb
Rmb
दाङ । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद–उल–फित्र २०८२ का अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सम्पूर्ण नेपाली मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै सामाजिक एकता,सहिष्णुता र समावेशी विकासलाई थप सुदृढ बनाउन आह्वान गरेका छन् ।
मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको शुभकामना सन्देशमा धार्मिक पर्वहरूले समाजमा आपसी सद्भाव, मेलमिलाप र भाइचाराको भावना अभिवृद्धि गर्ने उल्लेख गरेका हुन् । उनले नेपालको संविधानले गणतन्त्र,संघीयता,समानता,समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई संस्थागत गरेको उल्लेख गर्दै बहुजातीय,बहुभाषिक,बहुसांस्कृतिक तथा बहुधार्मिक समाजबीच ‘विविधतामा एकता’को भावना अझ सुदृढ बन्दै गएको बताएका छन् ।
त्यस्तै ईद–उल–फित्रले त्याग,संयम,करुणा र सहअस्तित्वको सन्देश दिने उल्लेख गर्दै उनले यस पर्वले समाजमा प्रेम,सहयोग र भाइचाराको संस्कार मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
लुम्बिनी प्रदेश सरकारले सबै धर्म,संस्कृति,परम्परा र पहिचानलाई समान सम्मान र संरक्षण गर्ने नीति अवलम्बन गर्दै आएको जनाउँदै मुख्यमन्त्री आचार्यले समावेशी विकास र समृद्धिका लागि सबै समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको स्पष्ट पारेका छन् ।
