
Rgp1
Srbpu
Pes
Ggp
Gfs
Djs
Lnp
pku
Sgr
Rgp
Unsku
Pbu
cjs
sbs
काठमाडौं । पछिल्लो २४ घण्टामा १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै देशैभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै मंगलबार मात्रै ५ हजार १ सय ५३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । १२ हजार ६५ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो ७ वटै वडाका नागरिकहरुको नि:शुल्क कोरोना एनटिजन परिक्षण गर्ने भएको छ । राजपुर स्वास्थ्य शाखाको आयोजनमा गाउँपालिका भित्रका नागरिकहरुको नि:शुल्क कोरोना एनटिजन परिक्षण गर्न लागेको उक्त कार्यक्रम आज वडा नम्बर १ देखि शुरु गरेको हो । त्यस्तै वडा नम्बर १ कठबेरुवामा सोमबार नि:शुल्क १२ जनाको कोरोना एनटिजन परिक्षण गरिएको […]
दाङ । प्युठानको सरुमारानी गाउँपालिकाद्वारा सञ्चालित कोरोना आइसोलेसनका लागि झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, १० हजार […]
काठमाडौं । नेपाल सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई २ लाख जरिवाना र ४ वर्षसम्म कैद सजाय हुने व्यवस्थासहित अध्यादेश ल्याउने तयारी गरेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन अध्यादेशको मस्यौदा तयार पारेको छ । जसमा स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई घेराउ गर्ने, हातपात गर्ने वा […]
काठमाडौं । पछिल्लो समय विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ […]
डडेल्धुरा । डडेल्धुरा अस्पतालमा कोरोना संक्रमणको उपचारत श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छिन् । डडेल्धुरा अस्पताल डडेल्धुरामा कोरोनाको उपचार गराइरहेको बाजुरा जिल्लाका सुरेश कठायतको मुत्यु भएपछि उनकी श्रीमती सरिताले अस्पताल नजिकैको एक जङ्गलमा झुण्डिएर आत्महत्या गरेकी हुन । यस्तै बाजुरोको छेडेदह गाउँपालिका वडा नं.७ का २८ वर्षीय सुरेशलाई थप उपचारका लागि जेठ […]
दाङ । देउखुरीको गढवा बजार स्थित युनिक मोवाइल तथा इलेक्ट्रोनिक्स पसलका प्रोपाइटर बिमला शर्मा बोहराले गढवा गाउँपालिकाको कोभिड विशेष आइसुलेशनमा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गर्नु भएको छ । आइतवार बिमला शर्मा बोहरा र निजका पति देउखुरी उद्योग बाणिज संघका सदस्य लुमाकान्त बोहराले गढवा गाउँपालिकाले तयार गरेको कोभिड अस्थायी अस्पतालमा पुगेर इन्चार्ज सुर्य नारायण यादवलाइ १० […]
दाङ । पछिल्लो समय बिरामी सुत्नलाई बेडको अभाव भएको भन्दै लायन्स क्लब अफ देउखुरीले लमही नगरपालिका अन्तरगत लमही अस्पताललाई ४ वटा बिरामी सुत्ने बेड सहयोग हस्तान्तरण गरेको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी र मेसु डा. रन्जिता महतोलाई लायन्स क्लब अफ देउखुरीका अध्यक्ष रेशम बहादुर खड्काले फोल्डिङ बेड हस्तान्तरण गरेका हुन । त्यस्तै […]
दाङ । सिसहनिया उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिकाको सिसहनिया स्थीत अस्थाई कोरोना अस्पतालमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।उपचारत कोभिड १९ का विरामीहरुको उपचारमा थप सहयोग पुराउने उदेश्यका साथ सिसहनिया उद्योग बाणिज्य संघका पदाधिकारी, सल्लाहकार, कर्मचारी तथा स्थानीय सामाजिक भावना भएका ब्यत्तित्वहरुवाट स्वतस्फुर्त रुपमा प्रदान गरिएको रकम बाट स्वास्थ्य सामाग्री खरिद गरिएको सिसहनिया उद्योग […]