
mbd
Anm
Pbu
Rbs
Gmk
Sds
Ksm
Mbdvs
Gisld

Wsp
Rgu
Bbu
Sbs
Ggd
Rgu
Rsb
Hal
Ssm
Gst
Asm
Tsm
Ksm
Bbbpu
Sls
nsb
Pvg
Rgs
Vor

Syp
Ptm
sab
Jmb
bbt
Mks
Rpp
Bml
Pls
Abd
Jmb
Gsb
Rmb
दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले नदेखेका समस्या सञ्चार क्षेत्रले उजागर गर्ने भएकाले लोकतन्त्रमा सञ्चार क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् ।
राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरेको राप्ती प्रेस मञ्चको कार्यालय उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको आवाज राज्यसम्म पुर्याउने, राज्यका गतिविधिमाथि खबरदारी गर्ने तथा समाजलाई सही सूचनामार्फत सचेत बनाउने जिम्मेवारी सञ्चार क्षेत्रले निर्वाह गरिरहेको उल्लेख गरे । उनले पत्रकारिता पेशा लोकतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरे ।
“कुनै पनि समाचार सामाजिक सञ्जालमा आएका हल्ला र अपुष्ट सामग्रीका आधारमा प्रकाशन वा प्रसारण गर्नु हुँदैन,”मन्त्री कार्कीले भने,“पत्रकारले सत्य,तथ्य र विश्वसनीयतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ।”उनले पछिल्लो समय सामाजिक सञ्जालमा गलत सूचना फैलिने क्रम बढेकाले पत्रकारहरु अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको पनि औंल्याए ।
कार्यक्रममा राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीले निष्पक्ष र उत्तरदायी पत्रकारितामा जोड दिन आग्रह गरे । पत्रकारिताको धर्म र मर्मलाई आत्मसात् गर्दै समाजलाई सकारात्मक दिशामा लैजान सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाई थियो । “पत्रकारले कुनै पक्ष वा प्रभावमा नपरी सत्य तथ्यलाई प्राथमिकतामा राख्नुपर्छ,” उनले भने, “समाज परिवर्तन र सुशासनका लागि निष्पक्ष पत्रकारिता अपरिहार्य छ ।”
त्यस्तै नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य लिला शाहले पत्रकारिताको आचारसंहितालाई सबै पत्रकारहरुले अनिवार्य रुपमा पालन गर्नुपर्ने बताए । उनले पत्रकारिताको नाममा जे पायो त्यही लेख्ने वा बोल्ने छुट कसैलाई नभएको स्पष्ट पार्दै पत्रकारहरुले जिम्मेवार र मर्यादित ढंगले आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले पछिल्लो समय निजी सञ्चार माध्यमलाई विभिन्न ढंगबाट कमजोर बनाउने प्रयास भइरहेको भन्दै त्यसप्रति दुःख व्यक्त गरे । पत्रकार महासंघ हाल सञ्चार क्षेत्रका समस्या र सञ्चारमाध्यममाथि भइरहेको विभेदका विरुद्ध आन्दोलनरत रहेको पनि उनले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीका सभापति दोर्ण जिसी,नेकपा एमालेका धर्मराज अधिकारी,राष्ट्रिय जनमोर्चा राप्तीका सचिव दलबहादुर घर्ती,नेपाली कम्युनिस्ट पार्टी माओवादीका केन्द्रीय सदस्य तथा युवा नेता प्रकाश शाही,नागरिक समाज देउखुरीका पुर्व संयोजक दामोदर भण्डारी,ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विक्रान्त ज्ञवाली , राप्ती प्रेस मञ्चका प्रमुख संरक्षक महेश रिजाल र सहयोगदाता रामु सुनाम लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय पत्रकारिताको विकास, सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि तथा सत्य पत्रकारिताको आवश्यकतामाथि जोड दिएका थिए । कार्यक्रममा संस्थागत जानकारी सहितको प्रतिवेदन सन्तोषकुमार गुप्ताले प्रस्तुत गरेका थिए भने स्वागत मन्तव्य मञ्चकि महिला उपाध्यक्ष हुमा सुनारले राखेका थिए ।
कार्यक्रममा कार्यालय स्थापना तथा सञ्चालनका लागि सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा दाताहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
चार वर्षअघि स्थापना भएको राप्ती प्रेस मञ्चले आफ्नै कार्यालय स्थापना गर्न सफल हुनु संस्थाका लागि ऐतिहासिक उपलब्धि भएको बताइएको छ। मञ्चका महासचिव ओमप्रकाश गुप्ताका अनुसार लामो समयसम्म स्थायी कार्यालय नहुँदा बैठक सञ्चालन, प्रशासनिक कामकाज तथा दैनिक गतिविधि सञ्चालनमा समस्या भइरहेको थियो। “धेरै संघर्ष, मेहनत र विभिन्न व्यक्तिको सहयोगबाट हामीले आफ्नै कार्यालय स्थापना गर्न सफल भएका छौं,” उनले भने,“अब संस्थागत रुपमा थप व्यवस्थित ढंगले काम गर्न सहज हुने विश्वास लिएका छौं।”
मञ्चले राप्ती गाउँपालिका–३ मसुरियामा प्रधान कार्यालय स्थापना गरी बिहीबारदेखि नै नियमित कार्यसम्पादन सुरु गरिसकेको महासचिव गुप्ताले जानकारी दिए । उनका अनुसार कार्यालय स्थापना भएपछि पत्रकारहरुबीच समन्वय,तालिम, छलफल,बैठक तथा अन्य संस्थागत गतिविधि सञ्चालनमा सहजता आउनेछ । स्थानीय पत्रकारितालाई थप सशक्त र प्रभावकारी बनाउन कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
