
sbs
Lnp
Unsku
Djs
Sgr
Pes
cjs
Pbu
Ggp
Rgp1
Rgp
pku
Gfs
Srbpu

Pvg
Bbbpu
Rsb
Rgs
Sbs
Asm
Hal
Vor
Ksm
Gst
Sls
Ggd
Rgu
Ssm
Bbu
Tsm
nsb
Rgu
Wsp

Ptm
Jmb
Jmb
Abd
Rmb
Syp
Mks
sab
Bml
Gsb
bbt
Rpp
Pls
दाङ । प्युठानको सरुमारानी गाउँपालिकाद्वारा सञ्चालित कोरोना आइसोलेसनका लागि झण्डै डेढ लाख बराबरको स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
राप्ती गाउँपालिका १ भालुवाङ निवासी ओम मेडिको फार्मेसीका सञ्चालक तथा डा. शंकरनाथ योगीले उक्त स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् । जसमा १ लाख २५ हजार बराबरको १ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, १० हजार बराबरको ४ थान पल्स अक्सीमेटर, २ हजार ५ सय रुपैयाँ बराबरको ५० जोडा सर्जिकल पन्जा, ३ हजार रुपैयाँ बराबरको ५ लिटर भास्कर सेनिटाईजर, १ हजार २ सय रुपैयाँ बराबरको ४ पोका सर्जिकल मास्क गरी कुल १ लाख ४१ हजार ७ सय रुपैयाँ बराबरको उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीलाई प्रदान गरेका हुन् ।
त्यस्तै कुनै पनि कोरोना संक्रमित बिरामीहरु उपचार तथा औषधी नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्दै उक्त स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामाग्री गाउँपालिकालाई प्रदान गरेको डा. शंकरनाथ योगीले जानकारी दिएका छन् । साथै स्वास्थ्य सामाग्री ग्रहण गर्दै स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र राइमाझीले डा. योगीको उदाहरणीय कार्यको प्रशंसा गदै धन्यबाद ज्ञापन गरेका थिए ।
