
Sdc
Dbc
Pbu
Gesld
Mbf
Dpm
Ges
Snmbs
Snmbs
dpm
snmbs


दाङ । पछिल्लो समय बिरामी सुत्नलाई बेडको अभाव भएको भन्दै लायन्स क्लब अफ देउखुरीले लमही नगरपालिका अन्तरगत लमही अस्पताललाई ४ वटा बिरामी सुत्ने बेड सहयोग हस्तान्तरण गरेको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसी र मेसु डा. रन्जिता महतोलाई लायन्स क्लब अफ देउखुरीका अध्यक्ष रेशम बहादुर खड्काले फोल्डिङ बेड हस्तान्तरण गरेका हुन ।
त्यस्तै बेड हस्तान्तरण गर्दे लायन्स क्लब अफ देउखुरीका अध्यक्ष खड्काले बेडको अभावमा अस्पतालमा आएका बिरामीहरुलाई भुईमा सुतेर उपचार गर्न नपरोस भन्ने उद्देश्यका साथ क्लबमा रहेका विभिन्न दाताहरुको सहयोगबाट अस्पतालललाई बेड उपलब्ध गराएको जानकारी दिनु भएको हो । यसैगरी सो अबसरमा लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर केसीले अस्पताल व्यबस्थापन समितिले मात्र अस्पताललाई राम्रो बनाउन नसकिने भएकोले सहयोगि हातहरुको सहयोगले अस्पताललाई थप राम्रो बनाउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भयो ।
