टोपेन्द्र खनाल/राजपुर सोमबार, जेठ २४, २०७८

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले आफ्नो ७ वटै वडाका नागरिकहरुको नि:शुल्क कोरोना एनटिजन परिक्षण गर्ने भएको छ ।

राजपुर स्वास्थ्य शाखाको आयोजनमा गाउँपालिका भित्रका नागरिकहरुको नि:शुल्क कोरोना एनटिजन परिक्षण गर्न लागेको उक्त कार्यक्रम आज वडा नम्बर १ देखि शुरु गरेको हो ।

त्यस्तै वडा नम्बर १ कठबेरुवामा सोमबार नि:शुल्क १२ जनाको कोरोना एनटिजन परिक्षण गरिएको मध्यमा १ जना पुरुषमा पोजेटिभ देखिएको वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढाले जानकारी दिनु भयो ।

यस्तै संक्रमीत पुरुषलाई राजपुर गाउँपालिकाले वडा नम्बर ६ गंगदीमा निर्माण गरेको आइसोलेशन अस्पतालमा भरना गरिएको अध्यक्ष बुढाले जानकारी दिनु भएको छ ।

त्यसैगरी जेष्ठ २५ गते भोलि वडा नम्बर २ बेलामा सो कार्यक्रम संचालन गरिने छ भने क्रमशः वडा नम्बर ७ सम्म कोरोना एनटिजन परिक्षण गरिने राजपुर स्वास्थ्य शाखाका प्रमुख कमल बहादुर रोकायले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]