
Djs
Rgp
Sgr
Gfs
Ggp
Rgp1
Pbu
sbs
Srbpu
Pes
pku
Unsku
Lnp
cjs
कपिलवस्तु । दुई वर्ष ६ महिना २३ दिनको लामो समयपछि वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यको शुभरम्भ भएको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले वैज्ञानिक व्यवस्थापनको व्यानर पढेर शुभारम्भ गरेका हुन् । जनता र सरकार बिच समन्वय गरेर लिइएको यो अवधारणालाई सफल अवधारणाको रुपमा लिइएको उनले बताए […]
दाङ । दाङ जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या घटेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को ५ महिनामा अघिल्लो वर्ष भन्दा यो वर्ष दुर्घटना दाङ जिल्लामा घटेको छ । जसमा ५ महिनामा जम्मा २० जनाको मृत्यु भएको दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियारले जानकारी दिनु भयो ।त्यस्तै उहाँका […]
दाङ । देउखुरीको राप्ती गाउँपालिका क्षेत्रमा जलबायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै कृषि खेतिलाई अघि बढाउने उदेश्यका साथ कृषकहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम दिन सुरु गरिएको छ । त्यस्तै विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकाको समन्वयमा राप्ती गाउँपालिकामा नामसालिङ सामुदायीक विकास केन्द्रद्वारा संचालित एकीकृत सामुदायीक विकास परियोजना अन्तर्गत जलवायु मैत्री कृषि प्रविधि तालिम […]
दाङ । गत साउन ५ का दिन गढवा गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरका सरकारी बिद्यालयका प्रधानाध्यापकहरु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु र शिक्षा सरोकारवालाहरु सबैलाई भेला गर्यो । भेलामा पालिकाभरका विद्यालयहरुको जग्गा आफ्नो नाममा नभएका कारणले विद्यालयहरुलाई समस्यामा पारेको बिषयमा गहिरो मन्थन गरियो । विद्यालयको नाममा लालपुर्जा नभएका कारण संघ र प्रदेश सरकारबाट प्रकाशित हुने सुचनाकालागि प्रस्तावना […]
काठमाडौं । पूर्व पर्यटन तथा वनमन्त्री एवम् नेकपा एसका सांसद प्रेम आलेलाई मातृ शोक परेको छ । आलेकी आमा गंगादेवीको ७९ वर्षको उमेरमा सोमवार निधन भएको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिएका छन् । त्यस्तै उपचारका क्रममा निधन भएकी गंगादेवीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान […]
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सामाजिक सेवा समूह फाउन्डेसन नेपालले न्यानो कपडा वितरण गरेको छ । फाउन्डेसनले सोमवार एक कार्यक्रम आयोजना गरी विद्यालयमा अध्ययनरत ३३ जना आर्थिक रुपमा विपन्न रहेका विद्यार्थीहरुलाई जाडोको समयमा लगाउने न्यानो कपडा वितरण गरेको हो। कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद पाण्डेले यहि विद्यालयका […]
दाङ । लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्माले लुम्बिनी प्रदेशको सञ्चार ऐनमा भएको त्रुटिलाई सुधार गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० ओैं स्थापना दिवस तथा २१ ओैं साधारणसभालाई सोमबार तुलसीपुरमा सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका सञ्चार मन्त्री शर्माले संसदले सञ्चार नीतिमा […]
दाङ । दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सोमबार दिउँसो अन्दाजी साढे ४ बजेतिर लमहीदेखि घोराही तर्फ जादै गरेको रा १ ज ५८० नम्बरको जिप लमही नगरपालिका वडा नम्बर ६ चिसापानीमा दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको ट्राफिक प्रहरी कार्यालय लमहीका इन्चार्ज महेन्द्र चन्दले जानकारी दिनु भयो । घाइते […]