
pku
Sgr
Rgp
Rgp1
Lnp
Gfs
Ggp
sbs
Djs
Pbu
Pes
Srbpu
cjs
Unsku

Pvg
Ssm
Sbs
Ksm
Asm
Gst
Sls
Vor
Rgu
Rgu
Rsb
Bbbpu
Hal
Bbu
Ggd
Wsp
Tsm
Rgs
nsb

bbt
Rmb
Abd
sab
Ptm
Syp
Jmb
Pls
Rpp
Mks
Jmb
Gsb
Bml
दाङ । दाङ जिल्लामा अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या घटेको छ ।
चालु आर्थिक वर्ष २०७९/०८० को ५ महिनामा अघिल्लो वर्ष भन्दा यो वर्ष दुर्घटना दाङ जिल्लामा घटेको छ । जसमा ५ महिनामा जम्मा २० जनाको मृत्यु भएको दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियारले जानकारी दिनु भयो ।
त्यस्तै उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा सवारी दुर्घटनाबाट ८९ जनाले ज्यान गुमाएका थिए । अघिल्लो र यस आर्थिक वर्षको ५ महिना भित्रको रेकर्ड हेर्दा सवारी दुर्घटनामा ज्यान गुमाउँनेको संख्या न्यूनीकरण भएको हो ।
दाङमा ट्राफिक प्रहरी प्रमुख झबिन्द्र परियार आइसकेपछि पहिलो कार्य विद्यालयका शिक्षक र विद्यार्थीसंग सवारी दुर्घटना कसरी हुन्छ ? सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा जनचेतनामूलक सन्देश सहित प्रशिक्षण कार्यक्रम चलाउनु भएको थियो ।
यस्तै बसपार्कहरुमा सवारी दुर्घटना हुनुको कारण तथा दुर्घटनालाई न्यूनीकरण गर्ने उपाय सम्बन्धि र ब्यानर तथा डाक्टर सहित सवारी चालकका आँखा चेकजाँच र प्रशिक्षण प्रदान गर्ने कार्यलाई प्रमुख परियारले पहिलो प्राथमिकताका साथ आफ्नो कार्यहरु अघि बढाउनु भएको थियो ।
