
Pes
Unsku
pku
Rgp1
Djs
cjs
Pbu
Ggp
Srbpu
sbs
Rgp
Sgr
Lnp
Gfs

Rgu
Bbbpu
Rgs
Vor
Asm
Gst
Sls
Ggd
Bbu
nsb
Pvg
Wsp
Sbs
Tsm
Ksm
Ssm
Rsb
Hal
Rgu

sab
Bml
Ptm
Rpp
Jmb
bbt
Pls
Syp
Abd
Gsb
Jmb
Rmb
Mks
रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सामाजिक सेवा समूह फाउन्डेसन नेपालले न्यानो कपडा वितरण गरेको छ ।
फाउन्डेसनले सोमवार एक कार्यक्रम आयोजना गरी विद्यालयमा अध्ययनरत ३३ जना आर्थिक रुपमा विपन्न रहेका विद्यार्थीहरुलाई जाडोको समयमा लगाउने न्यानो कपडा वितरण गरेको हो।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद पाण्डेले यहि विद्यालयका पुर्व विद्यार्थीहरुले आफू पढेको विद्यालयलाई महत्त्व राखेर यो मानवीय कार्य आफू पढेको विद्यालयमा ल्याई कार्यक्रम गरेकोमा पुर्व विद्यार्थी तथा सिंगो संस्थालाई नै धन्यवाद व्यक्त गर्नु भएको थियो। उहाँले विद्यार्थी भविष्यका कर्णधार हुन र यिनै साना विद्यार्थी भोली देशको उच्च अहोदामा पुग्न सफल हुन भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा विद्यालयका प्र.अ चन्द्रकान्त पाण्डे, सामाजिक सेवा समूह फाउन्डेसन नेपालका केन्द्रिय उपाध्यक्ष ,बुटवल शाखाका सल्लाहकार तथा सोही विद्यालयका शिक्षक रबि रेग्मी लगायतले बोल्दै यस संस्थाले विभिन्न रचनात्मक कार्य गर्दै आईरहेको र समाज परिवर्तनमा यसले महत्त्वपूर्ण भुमिका खेल्ने बताएका थिए।
संस्थाले सुरु गरेको न्यानो कपडा वितरण अभियान´ अन्तर्गत आर्थिक अवस्था कम्जोर भएका बालबालिकाहरुलाई विद्यालय आउन केही सहज होस्, चिसोका कारण लाग्ने विभिन्न रोग र न्यानो कपडा नभएकै कारणले विद्यालयमा नियमित उपस्थितिका लागि पनि सहज अवस्था नभएकाले यस्ता समस्याको अन्त्य गर्नका लागि न्यानो कपडा वितरण गरेको सामाजिक सेवा समूह फाउन्डेसन नेपाल देवदह प्यानलका अध्यक्ष पवन कार्की क्षेत्रीले बताए।
सामाजिक सेवा समूह फाउन्डेसन नेपालले न्यानो कपडा वितरण अभियान-२०७९ मंसिर २४ गते मङ्सिर देवदह ७ स्थित देवदह मा.वि बाट सुभारम्भ गरेको हो। संस्थाले आफ्नो स्थापना कालदेखि नै विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ।
कार्यक्रम फाउन्डेसन नेपाल देवदह प्यानलका अध्यक्ष पवन कार्की क्षेत्रीकोअध्यक्षता अनिता क्षेत्रीको स्वागत र सृष्टि विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

