तिर्थराज ज्ञवाली/राप्ती गाउँपालिका बुधबार, पुष ०६, २०७९

दाङ । देउखुरीको राप्ती गाउँपालिका क्षेत्रमा जलबायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै कृषि खेतिलाई अघि बढाउने उदेश्यका साथ कृषकहरुलाई जलवायु मैत्री कृषि प्रविधि तालिम दिन सुरु गरिएको छ ।

त्यस्तै विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिकाको समन्वयमा राप्ती गाउँपालिकामा नामसालिङ सामुदायीक विकास केन्द्रद्वारा संचालित एकीकृत सामुदायीक विकास परियोजना अन्तर्गत जलवायु मैत्री कृषि प्रविधि तालिम दिन सुरु गरिएको हो ।

तालिमको क्रममा मंगलवार र बुधबार राप्ती गाउँपालिकाको वडा ७ अर्नाहनपुर र वडा ९ को घोसखोलामा गठित कृषक समुहका सदस्यहरू लागि एक÷एक दिने जलवायु मैत्री कृषि प्रविधि तालिम प्रदान गरिएको हो । समुदायमा रहेका कृषक हरुलाई विभिन्न जलवायु मैत्री कृषि अभ्यास बारे जानकारी गराई उनीहरूको कृषि अभ्यास सरल बनाउँदै उनीहरूको कृषि उत्पादन र आम्दानी बढाउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको केन्द्रका कार्यक्रम संयोजक शशांक बाबु आचार्यले बताउनु भएको छ ।

तालिममा अर्नाहनपुरका २० महिला, घोसखोलाका २२ महिला र ९ पुरुष गरी जम्मा ५१ जनाको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण नाम्सालिङ सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक शशांक आचार्य र कृषि प्राविधिक धन कुमारी चौधरीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]